विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १६, २०७६
|
|
५३ पटक हेरिएको
Shares
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो

सारांश

  • काठमाडौं।
  • विश्व कप क्रिकेटको आइतबार खेलमा भारत घरेलु टिम इंग्यलणडसँग पराजित भएको छ ।
  • ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटमा ३०७ रनमात्र बनाउन सक्यो ।

काठमाडौं। विश्व कप क्रिकेटको आइतबार खेलमा भारत घरेलु टिम इंग्यलणडसँग पराजित भएको छ । ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटमा ३०७ रनमात्र बनाउन सक्यो । यसरी भारत ३१ रनले पराजित भयो । जारी प्रतियोगितामा यो भारतको ७ औं खेलमा पहिलो हार हो ।

भारतका लागि रोहित शर्माले शतक र विराट कोहलीले अर्धशतक बनाए पनि सुस्त ब्याटिंगका कारण भारत लक्ष्यसम्म पुग्न सकेन । जितपछि इंग्ल्याण्डको सेमिफाइनल दौड कायम रहेको छ । १० अंक सहित इंग्ल्याण्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

उता पाकिस्तानलाई भने तनाव भएको छ । ९ अंक रहेको पाकिस्तान पाँचौं स्थानमा धकेलिएको छ । अब पाकिस्तानले बगंलादेशसँग खेल्न बाँकी छ । यो खेल जितेमा पाकिस्तानको ११ अंक हुने छ । यस्तो अवस्थामा इंग्ल्याण्ड अन्तिम खेल अष्ट्रेलियासँग पराजित भएमात्र पाकिस्तानको सम्भावना रहनेछ ।

यस्तै ७ अंक रहेको बंगलादेशले २ खेल खेल्न बाँकी छ । उसले पाकिस्तान र भारतसँग खेल्न बाँकी छ । बंगलादेश दुबै खेल जितेमा उ पनि सेमिफाइनल पुग्न सक्छ ।

भारत अर्को खेलमा श्रीलंकासँग प्रतिस्र्धा गर्नेछ । भारत बाँकी दुबै खेलमा पराजित र बंगलादेश बाँकी दुबै खेलमा विजयी भए । र न्यूजिल्याण्ड पनि अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भए । इंग्ल्याण्ड सेमिफाइनल पुग्ने छ । अष्ट्रेलिया १४ अंकसहित सेमिफाइनल पुगिसकेको छ ।

यस्तो नतिजा आए अंक तालिकामा ११ अंक भएका भारत, न्यूजिल्याण्ड र बंगलादेश तीन टिम हुनेछन् । ती मध्ये २ टिममात्र सेमिफाइनल पुग्नेछन् । हाल भारत र न्यूजिल्याण्डको रनरेट राम्रो छ । कुल मिलाएर आइतबारसम्म सेमिफाइनल पुग्ने बाँकी तीन टिमको टुंगो लाग्न सकेन। आइतबार भारतमाथि इंग्ल्याण्डको जितले सेमिफाइनल दौड झन रोचक बनाइदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने
दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने
ओली-प्रचण्ड समुह आ-आफ्नो तयारीमा, वार कि पारको अन्तिम कसरत
ओली-प्रचण्ड समुह आ-आफ्नो तयारीमा, वार कि पारको अन्तिम कसरत
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
पर्यटकको रोजाइमा जलविरे झरना
पर्यटकको रोजाइमा जलविरे झरना
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित
च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो
नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो

तपाईंले छुटाउनुभयो कि?