लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
५३ पटक हेरिएको
Shares
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

सारांश

  • काठमाडौं।
  • खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
  • घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो।

काठमाडौं। खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो।

खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए। यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन्। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए।

खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो। भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
बैशाख ३१ गतेको राशीफल यस्तो छ, आज कुन राशीलाई कुन रंग उत्तम ?
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने
उखुमा किसानमारा निर्णय
उखुमा किसानमारा निर्णय
विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?