विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै (लाइभ)
सारांश
- काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
- हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा बिहानबाट सुरू भएको हो ।
- नेपालले टस जितेर व्याटिङ रोजेपछि अहिले हङकङले व्याटिङ गरिरहेको छ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा बिहानबाट सुरू भएको हो ।
नेपालले टस जितेर व्याटिङ रोजेपछि अहिले हङकङले व्याटिङ गरिरहेको छ। २० ओभरको समाप्तिमा हङकङले ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न जित्नै पर्ने बाध्यता रहेको छ ।
आजको र आइतबारको दुवै खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले अर्को वर्ष हुने अन्तिम चरणको विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ । दुईमध्ये एक खेलको पराजयले पनि नेपाललाई विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नकै लागि पनि अर्को प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।
२०१९ विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा आईसीसीको वरीयताक्रमको पुछारका चार, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली र यसपछि हुने डिभिजन दुईका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । जारी च्याम्पियनसिपको अन्तिम चारभित्र अटाउन नसकेको अवस्थामा नेपाल डिभिजन दुईमार्फत पनि शीर्ष दुईभित्र अटाउँदै अन्तिम चरणको छनोट प्रतियोगितासम्म पुग्न सक्नेछ।
यद्यपि हङकङविरुद्धको यी दुवै खेलमा जित हात पार्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले छनोटको आशा जीवितै राख्नेछ । प्रतियोगितामा चार खेल (हङकङ र नेपालबाहेक अन्य टोलीको भने दुई÷दुई खेल) बाँकी रहँदा हङकङ र नेपाल दुवै शीर्ष चारभित्र छैनन् । हङकङलाई दुवै खेलमा पराजित गर्न सकेको अवस्थामा नेपालले चौथो स्थानको केन्यालाई पछि पार्न सक्नेछ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने नेपालले दुवै खेलमा जितसहित छनोट पक्का गर्न सक्नेछ ।
लाइभ
प्रतिक्रिया