शान्ति सेनाको भूमिकामा नेपालको प्रशंसा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
शान्ति सेनाको भूमिकामा नेपालको प्रशंसा

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नपाल भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले भेट गरेका छन् ।
  • तिनदिने नेपाल भ्रमणका रहेका उपमहासचिव लाक्रोइसले शान्ति सेनामा नेपालको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नपाल भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी लाक्रोइसले भेट गरेका छन् ।

तिनदिने नेपाल भ्रमणका रहेका उपमहासचिव लाक्रोइसले शान्ति सेनामा नेपालको भूमिकाको उच्च प्रशंसा गरेका छन् । रक्षामन्त्रालयमा आयोजित भेटमा नेपाली सेनाको नेतृत्व तथा सुरक्षाफौजको प्रशंसा गर्दै लाक्रोइसले विश्व शान्तिका लागि नेपाली सेनाले पुर्याउँदै आएको बहुआयामिक योगदान र आगामी दिनमा गर्ने सहकार्य क्षेत्रबारे चासो व्यक्त गरेका थिए ।

भेटमा उपप्रधानमन्त्रीतथा रक्षामन्त्री पोखरेलले नेपालको भूमिकाको चर्चा गर्दै शान्ति सेनामा नेपाली सेनाको उपस्थिति छैठौ स्थानमा रहेको बताए । शान्ति सेनामाफोर्स कमाण्ड गर्नेमा नेपाली सेना सक्षम रहेको बताउँदै जिम्मेवारी दिने कुरामा लाक्रोइसमार्फत ध्यानाआकर्षण गराए ।

शान्ति सेनामा हालको योगदान अनुपातलाई बढाउँदा नेपाल सक्षम रहेको बताउँदै मन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघका वडापत्र र सिद्ध्रान्तप्रति नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । सरकारका प्रतिवद्धताहरु संयुक्त राष्ट्रसंघका महासचिव समक्ष पुर्याइदिन आग्रह समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?