शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ११, २०७६
|
|
५८ पटक हेरिएको
Shares
शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले

सारांश

  • जेठ ११, काठमाण्डौ ।
  • करिब २७ प्र्रतिशतको हाराहारीमा काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरुले शुल्कवृद्धि गरेका थिए ।
  • त्यस विरुद्ध काठमाडांै महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय पनि गरेको थियो ।

जेठ ११, काठमाण्डौ । करिब २७ प्र्रतिशतको हाराहारीमा काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयहरुले शुल्कवृद्धि गरेका थिए । त्यस विरुद्ध काठमाडांै महानगरपालिकाले शुल्क फिर्ता गर्ने निर्णय पनि गरेको थियो । कामपाले निर्णय गरेको झन्डै एक महिना भइसक्दा पनि महानगरले न त अनुगमन नै गरेको छ न त विद्यालयहरुले शुल्कमा गरेको मनोमानी रोक्न नै सकेको छ ।

काठमाडौं महानगरपालिका अन्तगर्तका झन्डै ६ सयको हाराहारीमा रहेका विद्यालयहरुले नयाँ शैक्षिक सत्रको सुरुवात देखि नै शुल्क बढाएका थिए । उनीहरुले करिब २७ प्रतिशतको हाराहारीमा विद्यालय शुल्क निर्धारण गरी मनपरी गरेका थिए । विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क बढाएपछि काठमाडौ महानगरले शुल्कबृद्धि फिर्ता गर्ने निर्णय गरेको थियो ।

तर नयाँ शैक्षिक सत्र सुरु भएको एक पहिना बितिसक्दा पनि न त शुल्क फिर्ता भएको छ न त महानगरले अनुगमन नै गर्न सकेको छ । काठमाडौं महानगरपालिकाको शिक्षा समितिका सदस्य कोषबहादुर जिसीका अनुसार आजको मितिसम्म आइपुग्दा शुल्क फिर्ताको निर्णयको विषयमा महानगरले अनुगमन नगरेको बताएका छन् । उनले शुल्कको विषयमा बुधबार मात्रै महानगरपालिकाको बैठक बसी समिति बनाएर विद्यालय तय गरी अनुगमन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

अभिभावकहरु पनि विद्यालयहरुले मनोमानी रुपमा विभिन्न शीर्षक राखेर शुल्क लिइराख्दा धेरै असर गरेको गुनासो नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत देपकोटाको भनाइ छ । उनले अभिभावकहरुलाई विद्यालयहरुले शिक्षाको नाममा ठग्ने गरेको आरोप लगाएका छन् । उनले शिक्षामा अहिले एकदम धेरै बेतिथि र मनोमानी बढ्दै गएको अवस्थामा पनि सरकारले ठोस कदम नचालेको बताएका छन् ।

विद्यालयहरुले भने अघिल्लो वर्षको भन्दा ५देखि १० प्रतिशत मात्रै बढाएको दाबी गर्छन । उनीहरुले विद्यार्थी र अभिभावकहरुलाई हेरेर शुल्क निर्धारण गरेको तर्क राखेका छन् ।

यसरी वषेर्नी शिक्षामा बेथिति बढ्दै गइरहेको अवस्थामा महानगरपालिकाले भने आफनो दायित्व र कर्तव्य विसिएका छन् । बेथितिहरुलाई झन झन बढाबा दिदै अभिभावकहरुलाई मारमा पारेका छन् ।रेपोटेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?

तपाईंले छुटाउनुभयो कि?