शेषनारायण मन्दिरमा भक्तजनको भीड

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
शेषनारायण मन्दिरमा भक्तजनको भीड

सारांश

  • काठमाडौँ, १४ कात्तिक   काठमाडौँको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा भक्तजनको आज भीड लागेको छ ।
  • प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन उक्त मन्दिरमा लाग्ने मेला भर्न तथा दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट आएका सर्वसाधारण भक्तजनको घुइँचो लागेको हो ।
  • सो मन्दिरमा आजको दिन दर्शन गरेमा विभिन्न रोगबाट मुक्त भई पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास रहेको स्थानीयवासी दिलीप शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ, १४ कात्तिक   काठमाडौँको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा भक्तजनको आज भीड लागेको छ ।

प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन उक्त मन्दिरमा लाग्ने मेला भर्न तथा दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट आएका सर्वसाधारण भक्तजनको घुइँचो लागेको हो ।

सो मन्दिरमा आजको दिन दर्शन गरेमा विभिन्न रोगबाट मुक्त भई पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास रहेको स्थानीयवासी दिलीप शर्माले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा आएर दर्शन गर्ने भक्तजनले व्रत बस्नेसमेत गर्छन् । प्राचीन समयमा भगवान् विष्णुले विभिन्न रुप धारण गरी उक्त मन्दिरमा आएको जनविश्वास छ ।

हिन्दू धर्मावलम्बीले विष्णुको अर्को रुपलाई नारायणसमेत भनेर आस्था प्रकट गर्ने गरेको पाइन्छ । त्यसैले मन्दिरमा नारायणको मूर्तिलाई विराजमान गराइएको छ ।

उक्त मन्दिर आज दर्शनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म खुुला गरिनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?