संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका कतिपय संस्थामा राजनीति घुसेर प्रदुषित पारिरहेको बताएका छन् ।
- देश विकास र समृद्धिका लागि अघि बढेको बेला संस्थामा राजनीति घुस्दा असर पुगेको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका कतिपय संस्थामा राजनीति घुसेर प्रदुषित पारिरहेको बताएका छन् । देश विकास र समृद्धिका लागि अघि बढेको बेला संस्थामा राजनीति घुस्दा असर पुगेको बताए ।
कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको प्रधानमन्त्री ओलीको भनाइ छ । “केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्” प्रधानमन्त्री ओलीको भनाइ छ, “कहिले वैचारिक प्रभाव, कहिले द्रव्य लाभ वा कतैतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनु पर्छ ।”
नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्याय सहितको लोकतन्त्रलाई मजवुद बनाएर समृद्ध नेपाल , सुखी नेपालीको लक्ष्य हासिल गरिने बताए ।
“सामाजिक सद्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ति हुन्छ” प्रधानमन्त्री ओलीले भने, “हामीले लामो समय राजनीतिक क्रान्ति ग¥यौं । अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा हिडाउनुपर्छ ।”
प्रतिक्रिया