संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना

सारांश

  • विम्स्टेकमा सैन्य अभ्यासको विषय समावेश छैन : परराष्ट्रमन्त्री काठमाडौँ, २० भदौ ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलनपछि आएको संयुक्त सैन्य अभ्यासको विषयमा सत्तारुढ दलकै सांसदले सरकारको चर्को आलोचना गरेका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेतासमेत रहेका भीम रावलले नै संयुक्त सैन्य अभ्यास विम्स्टेकको अवधारणाको प्रतिकूल हुने बताएका थिए ।

विम्स्टेकमा सैन्य अभ्यासको विषय समावेश छैन : परराष्ट्रमन्त्री

काठमाडौँ, २० भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलनपछि आएको संयुक्त सैन्य अभ्यासको विषयमा सत्तारुढ दलकै सांसदले सरकारको चर्को आलोचना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेतासमेत रहेका भीम रावलले नै संयुक्त सैन्य अभ्यास विम्स्टेकको अवधारणाको प्रतिकूल हुने बताएका थिए ।

यता, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विम्स्टेकको चौथो शिखर सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी संयुक्त सैन्य अभ्यासको विषय समावेश नभएको दावी गरेका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट पारेका हुन् ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको स्पष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।” प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्तो निर्णय नभएको यसअघि नै बताएका थिए ।

समितिका सदस्य भीमबहादुर रावलले भने सम्मेलनको उदघाटनसत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गरे । उनले भने, “त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुन्छ ।”

समितिका सदस्य डा. नारायण खड्काले बिम्स्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत विषयमा छलफल गर्नुपर्ने भएकाले अर्को बैठकको माग गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बिम्स्टेकका सदस्य मुलुुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने जानकारी दिएका थिए । बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
मन्त्री मातृका यादव किन पुगे दिल्ली !
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
चाडपर्वका बीच सत्ता समीकरणदेखि पार्टी विभाजनकै पिरलो
चाडपर्वका बीच सत्ता समीकरणदेखि पार्टी विभाजनकै पिरलो
कस्ताे छ मंगलबारको राशिफल?
कस्ताे छ मंगलबारको राशिफल?
तेलको मूल्यवृद्धि  विश्वकै समस्या हुनसक्ने !
तेलको मूल्यवृद्धि विश्वकै समस्या हुनसक्ने !
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
माघ २९ गते बुधबारको राशिफल यस्तो छ
माघ २९ गते बुधबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?