संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् ।
  • आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए ।

उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।”

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ । डा स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन् ।

डा.मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् । मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
अमेरिकामा कोरोना संक्रमित १० लाख माथि
अमेरिकामा कोरोना संक्रमित १० लाख माथि
चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
रत्नपार्कमा नयाँ नोट बिक्रिमा !
रत्नपार्कमा नयाँ नोट बिक्रिमा !
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

तपाईंले छुटाउनुभयो कि?