संसदीय समितिमा ६० प्रतिशत महिला नेतृत्व
सारांश
- काठमाडौं ।
- प्रतिनिधिसभाका समितिमा ६० प्रतिशत महिला सभापतिको नेतृत्व गर्न पाएका छन् ।
- प्रतिनिधिसभाका १० वटामध्ये ६ वटा समितिमा महिला सांसदले नेतृत्व गरेका हुन्।
काठमाडौं । प्रतिनिधिसभाका समितिमा ६० प्रतिशत महिला सभापतिको नेतृत्व गर्न पाएका छन् । प्रतिनिधिसभाका १० वटामध्ये ६ वटा समितिमा महिला सांसदले नेतृत्व गरेका हुन्।
राष्ट्रियसभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गरेका छन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशतमहिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको बताएकी छिन् ।
काठमाडौंमा दुईदिनसम्म चलेको महिलाका कानुन व्यवसायीको २७औं सम्मेलनमा बोल्दै उपसभामुख तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको बताइन् ।
‘लैंगिक प्रतिनिधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’
उपसभामुख तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरुलाई अपिल गरिन् ।
स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरुको प्रतिनिधित्व हुन सके अझै सहज हुने बताइन् ।
(Adipex)
प्रतिक्रिया