संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
सारांश
- काठमाडौँ, १८ साउन।
- शुक्रबार (आज) पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ ।
- आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्ने छ ।
काठमाडौँ, १८ साउन।शुक्रबार (आज) पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ । आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्ने छ । पटक पटक बसेको बैठकले ९ दिनसम्म पनि निर्णय गर्न नसकेपछि शुक्रबार बिहान १० बजेका लागि पुनः बैठक बोलाइएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् । जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको लगायत कारणले नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका छन् ।
तर कांग्रेसले भने त्यो मानेको छैन । यहि असहमतिका कारण पटकपटक बसेको बैठकले जोशीको नामबारे निर्णय गर्न सकेको छैन । अहिले बस्ने संसदीय सुनुवाई विशेष समितिका बैठकले पनि जोशीका बारेमा आवश्यक निर्णय लिन सक्नेमा आशंका कायमै छ ।
प्रतिक्रिया