विभाजनको संघारमा लोसपा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २८, २०८०
|
|
६० पटक हेरिएको
Shares
विभाजनको संघारमा लोसपा

सारांश

  • काठमाडौं ।
  • लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ ।
  • लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।

लोसपा केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद भएको छ, जसले गर्दा गत आइतबारको केन्द्रीय समिति बैठक नै शीर्ष नेताहरूले नै बहिष्कार गरेका छन् । ठाकुर पूर्वकांग्रेस नेता हुन् भने महतो पूर्वसद्भावना नेता हुन् । यी दुवै नेताका बीचमा पार्टी केन्द्रीय समिति विस्तारलाई लिएर विवाद चर्किदै गएको छ । पछिल्लो समय महतो पार्टी कार्यालयसमेत जान छोडेका छन् ।

पार्टी अध्यक्ष ठाकुरले ३ सय ११ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । तर, समितिमा महतो र अर्का नेता अनिल झानिकट कार्यकर्ताले राम्रो ठाउँ पाउन सकेनन् । पूर्वकांग्रेससमेत रहेका अध्यक्ष ठाकुरले पूर्वसद्भावना समूहलाई पेलानमा पारेको बुझाइ महतोको छ । मधेस आन्दोलनमा सक्रिय भएका र पार्टीका वफादार कार्यकर्तालाई बाहिर राखेर केन्द्रीय समिति गठन गरिएको भन्दै महतो र झा असन्तुष्ट छन् ।

लोसपामा महन्थ ठाकुरको परिवारवाद हाबी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप छ । केन्द्रीय समिति बहिष्कार गरेका राजेन्द्र महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छोडेका छन्

संस्थापन पक्षले सल्लाहबिनै केन्द्रीय सदस्यहरू बढाउने÷हटाउने गरेकाले महतो पक्षले बहिष्कार गरेको हो । ‘हामीलाई थाहै नदिई पार्टीमा योगदान पु¥याएका साथीहरूलाई हटाइएको छ, मधेस आन्दोलनमा योगदान पु¥याएका व्यक्तिलाई हटाइएको छ,’ महतोले भने । आफूहरूसँग सल्लाह नै नगरी केन्द्रीय समिति विस्तार गरिएको बताउँदै उनले यस’boutमा सल्लाह दिँदासमेत सुनुवाइ नभएपछि बैठकमा नगएको बताए ।

यस’bout तीन महिनाअघि नै अध्यक्ष ठाकुरलाई जानकारी दिएको तर कार्यान्वयन नभएको महतोले बताए । केन्द्रीय सदस्यको सूची सच्याउने र फरक मतलाई पनि सुनुवाइ गर्ने भनेका अध्यक्ष ठाकुरले सुनुवाइ नगरेको महतोको आरोप छ ।

महतोको केन्द्रीय समिति बैठक’boutमा संस्थापन पक्षले भने कार्यालयमा औपचारिक जानकारी नभएको बताएको छ । महासचिव सुरेन्द्र झाका अनुसार महतोको असन्तुष्टि पार्टीभित्र आएको छैन । बाहिरबाहिर गएर हल्ला गरे पनि आधिकारिक रूपमा पार्टीमा जानकारी नभएको उनले बताए ।

‘अहिलेसम्म पार्टीको बैठक थिएन, केन्द्रीय कार्यसमितिको विस्तारित बैठक मधेसमा गर्ने तयारी थियो, राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्न बैठक गर्नुपर्ने भएकाले बैठक बसेको हो, एक तिहाइ महिला पुग्नुपर्छ, त्यसको तयारीमा बैठक बसेको हो, उहाँको असन्तुष्टि बैठकमा आएर राखेको भए राम्रो हुनेथियो,’ महासचिव झाले भने ।

४ सय १ जना केन्द्रीय सदस्यमा ३ सय ११ सदस्य मात्र रहेको र महतोले भनेको सदस्यका लागि सिट खाली रहेको झाले बताए । ‘उहाँ (महतो)ले तीन दर्जन व्यक्ति छुटेको भन्नुभएको छ, पार्टीमा पाँच दर्जन सिट खाली छ, उहाँ बैठकमा नआउँदा हामी पनि अचम्ममा परेका छौं,’ झाले भने ।

पूर्वकांग्रेस र पूर्वसद्भावनाको टकराव पार्टीमा नभएको उनले बताए । कसलाई पूर्वकांग्रेस भन्ने र कसलाई पूर्वसद्भावना पक्ष भन्ने प्रश्न महासचिव झाको छ । ‘अनावश्यक भाष्य सिर्जना गरेर कसैको छवीलाई हिलो छ्याप्ने काम गरियो भने खाल्डोमा आफैं पर्ने हो,’ झाले भने, ‘यसमा टिप्प्णी गर्न चाहान्नँ ।’

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट पार्टी विभाजन भएको दुई वर्षपछि लोसपाले केन्द्रीय कमिटी विस्तार गरेको थियो । २०७८ भदौमा जसपा विभाजन भई लोसपाको गठन भएको थियो ।

लोसपा गठन भएपछि ३१ सदस्यीय कार्यकारिणी समितिलाई नै केन्द्रीय समितिका रूपमा राखेर पार्टी सञ्चालन गरिएको थियो । पार्टीको अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेका थिए । बाँकी कार्यकारिणी समितिका सदस्य थिए ।

पार्टी विभाजनको दुई वर्षपछि केन्द्रीय समितिको विस्तार गरिएको थियो । विस्तारित केन्द्रीय समितिमा अध्यक्ष ठाकुरको परिवारवाद हावी भएको आरोप पनि छ । ठाकुर अध्यक्ष रहेको लोसपामा वरिष्ठ उपाध्यक्षमा सम्धी उमाकान्त झा, उपाध्यक्षमा सम्धिनी इन्द्रा झा, सचिवमा भतिजा अजय झा र केन्द्रीय सदस्यमा छोरी डा. मिनाक्षी ठाकुर रहेका छन् । यस्तै डा. संजीव झाले सचिवको जिम्मेवारी पाएका छन् । संजीव ठाकुरका जेठा ज्वाइँ एवं सम्धी उमाकान्तका जेठा छोरा हुन् ।

लोसपाले वरिष्ठ उपाध्यक्ष ६ जना र १५ जनालाई उपाध्यक्ष बनाएको थियो । त्यस्तै, १६ जनालाई लोसपाले पार्टीको महासचिव बनाएको छ । लोसपाले आठ जनालाई सहमहासचिव बनाएको छ भने ११ जना सचिव, एक जना प्रवक्ता र एक जना सहकोषाध्यक्षसहित ६३ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको थियो ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !
जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप
उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
सिंगापुर पुगेका देउवा सुटुक्क भारत !
आजको राशीफल
आजको राशीफल
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस

तपाईंले छुटाउनुभयो कि?