संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप

सारांश

  • वासिङ्टन, १२ असोज ।
  • अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गर्नुभएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गर्नुभएका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौनहिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौ लामो सुनुवाई भएको थियो ।

वासिङ्टन, १२ असोज । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गर्नुभएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गर्नुभएका क्याभानामाथि प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले यौनहिंसाको आरोप लगाएसँगै संसदीय समितिमा क्याभाना र फोर्डको घण्टौ लामो सुनुवाई भएको थियो ।

पहिलो सत्रमा फोर्डले समितिमा उपस्थित भएर ३६ वर्षअघि अर्थात् आफू १५ वर्षको हुँदा क्याभाना र उनका साथीले मदिरा सेवन गरी कोठामा थुनेको, कपडा खोलेको, मुख थुनेको र बलात्कार नै गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “त्यसबाट मलाई जीवनभर असर परेको, सुरुका वर्षहरुमा पढाइ बिग्रिएको र कसैलाई भन्न समेत डर लागेको थियो ।”बोली अबरुद्ध पार्दै आफ्ना कुरा संसद समक्ष राख्नुभएकी प्राध्यापक फोर्डले सांसदहरुको प्रश्नको जवाफ दिँदै भन्नुभयो, “म क्याभानालाई राम्रोसँग चिन्थे, आज पनि चिन्छु । तिनै क्याभानाले मलाई दुव्र्यवहार गरेकोमा म शत प्रतिशत विश्वस्त छु । मैले गल्ती गरेर अर्कै व्यक्तिको नाम लिइरहेको छैन ।”

“म अत्यन्त भयभित छु,” फोर्डले भन्नुभयो, “मेरो जीवनमा भएको यस घटनाका बारेमा जानकारी गराउनु नागरिक कर्तव्य सम्झेर म यहाँ आएकी हुँ ।”रिपब्लीकन पार्टीका सांसदहरु अहिले क्याभानाको पक्षमा उभिएका छन् भने फोर्डलाई डेमोक्राट पार्टीका सांसदहरुले सहयोग गरिरहेका छन् ।क्रोध मिश्रित तर निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका ब्रेट क्याभानाले फोर्डको आरोपको खण्डन गर्दै भन्नुभयो, “फोर्डले लगाएका आरोपको म समग्र रुपमा खण्डन गर्न चाहन्छु । मैले आजसम्म कसैलाई कहिल्यै यौन आक्रमण गरेकै छैन, स्कुलमा पनि गरिनँ, कलेजमा पनि गरिनँ, र कहिल्यै त्यस्तो गरिनँ ।”“यो आरोप मात्र हो, म पूर्णतः निर्दोष छु,” क्याभानाले भन्नुभयो ।

क्याभानाले आफ्नो चारित्रिक हत्या गर्नेगरी मञ्चन गरिएको हास्यास्पद नाटक रहेको बताउनुभयो । “मेरो परिवार र मेरो नाम क्रुरतापूर्ण र झुटो आरोपबाट तहसनहस भएको छ । यो सुनुवाई प्रक्रिया नै राष्ट्रिय लज्जाको विषय भइसक्यो ।”क्याभानाले भन्नुभयो, “तर यो प्रक्रियाबाट म मेरो नाम फिर्ता लिन चाहन्न । तपाइँहरुले मतदानबाट बरु मलाई अस्वीकार गर्न सक्नुहुन्छ तर म पछि हट्ने छैन ”।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याभानाले आफ्नो भनाइ प्रष्ट रुपमा राखेकामा खुशी व्यक्त गर्नुभएको छ । ट्रम्पले क्याभानाको बयान सशक्त, इमान्दार र मन छुने रहेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टीको एक इमान्दार व्यक्तिमाथि दोषारोपण ठीक नभएको बताउँदै क्याभानाको नियुक्तिमा ढिलाइ गर्न, अबरुद्ध गर्न यो प्रपन्च भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सिनेटले जतिसक्दो चाँडो मतदान गरोस् ।”अमेरिकी सिनेटको न्यायिक समितिमा हाल ११ जना रिपब्लीकन र १० जना डेमोक्राट सदस्य छन् । सिनेटमा समेत रिपब्लीकनको ५१ र डेमोक्रेटको ४९ सिट छ । यद्यपी समितिले यो विषय कहिले टुङ्गो लगाउँछ भन्ने स्पष्ट भएको छैन ।आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा यो संख्यामा फेरबदल हुने सम्भावना रहेकाले पनि डेमोक्रेटहरुले न्यायाधीश सुनुवाइलाई विलम्ब गरिरहेको आरोप छ ।उनीहरुले फोर्डको आरोपका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले अनुसन्धान गर्नुपर्ने माग गरिआएका छन् ।अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन उक्त पदमा रहने भएकाले पनि नियुक्तिमा विवाद हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
थेसिस खरीदबिक्री गर्नेको डिग्री खारेज गर्न माग !
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति