संसद अवरोध गर्ने पालो राजपाको ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
संसद अवरोध गर्ने पालो राजपाको ?

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टीका सांसदहरुले तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
  • बुधबारको बैठकमा समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले ७५ जनाको ज्यान जाने गरी भएको तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसदहरुले तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बुधबारको बैठकमा समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले ७५ जनाको ज्यान जाने गरी भएको तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको जाँचबुझ आयोगले २०७४ मंसिर २९ गते नै प्रतिवेदन तयार गरी तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले प्रतिवेदनबारे अनविज्ञता जाहेर गर्न नमिल्ने दाबी गरे।

‘आजको प्रधानमन्त्रीले मैले प्राप्त गरेको छैन भन्दा यो भन्दा हास्यास्पद अरु के होला?,’ उनले भने, ‘के प्रधानमन्त्री कार्यालय फेरिइसकेको छ? प्रधानमन्त्री कार्यालयका कागजहरु दहन हुन्छ एउटा प्रधानमन्त्री गईसकेपछि ?’

प्रधानमन्त्री फेरिने तर पद नफेरिने भन्दै उनले आफुलाई जानकारी छैन भन्नुले प्रधानमन्त्री सो प्रतिवेदन प्रति गम्भीर नबनेको स्पष्ट भएको दाबी गरे। उनले प्रतिवेदन सार्वजनिक भएन भने आफूहरु संसद अवरोध गर्न बाध्य हुने भन्दै तत्काल सार्ववजनिक गर्न सभामुखमार्फत सरकारलाई निर्देशन जारी गर्न सभामुखको ध्यानाकर्षण गराए। सांसद कर्णले उठाएको सवालमा सभामुख महराले पनि सरकारको विशेष ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?