संसद भवन भित्रै अस्लिल भिडियो हेर्न ब्यस्त सांसद

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
संसद भवन भित्रै अस्लिल भिडियो हेर्न ब्यस्त सांसद

सारांश

  • काठमाडौं, २२ असार ।
  • संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् ।
  • भारतको ओडिशामा राज्यमा गत सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिए पछि अहिले चर्चाको विषय बनेको छ ।

काठमाडौं, २२ असार । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् । भारतको ओडिशामा राज्यमा गत सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिए पछि अहिले चर्चाको विषय बनेको छ ।नीति निर्माणको स्थानमा भएको घटनापछि भारतीय संचार माध्ययमहरुमा बहसका कयौ विषय उब्जिएका छन । संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बीजेडीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।

बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।

तर, रंगेहात समातिएका सभासद दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे । झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वा्चित भएका थिए ।मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?