सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

सारांश

  • काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् ।
  • राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सङ्घीय निजामती ऐन संसदमा पेस हुने अन्तिम चरणमा पुगेको बताईन् ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सङ्घीय निजामती ऐन संसदमा पेस हुने अन्तिम चरणमा पुगेको बताईन् ।

‘सङ्घीय निजामती ऐनमा सरकोकारवालसँग छलफल भएको छ । यो सरकारको अत्यन्त प्राथमिकताको विषय हो, करिब अन्तिम अवस्थामा छ’, उनले भनिन्, ‘सङ्घीय मामिला मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगको छ । अन्तिम चरणमा छ । मन्त्रिपरिषदमा आउने बित्तिकै सङ्घीय संसदमा प्रस्तुत गर्ने तयारीमा छौँ ।’

राष्ट्रिय गौरवका आयोजनाको काम सुरु हुने तर कामको अन्त्य नहुने, एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिने विषयमा मन्त्रिपरिषदमा गम्भीर ढङ्गबाट छलफल भएको जनाउँदै उनले सार्वजनिक खरिद ऐन संशोधन गर्नेतर्फ सरकारको ध्यान गएको बताईन् । ‘खरिद ऐनमा भएका समस्याका कारण पनि आयोजना निर्माण तथा आयोजनाको गुणस्तरमा समस्या आएको छ । सरकारले यसलाई गम्भीर ध्यान दिएको छ’, मन्त्री शर्माले भनिन् ।

संसद् आफैँमा सरकारको निगरानी गर्ने थलो भएको जनाउँदै उनले सरकारलाई सही ‘ट्र्याक’मा हिँडाउन संसद्ले भूमिका निर्वाह गरिरहेको बताईन् । मन्त्री शर्माले भनिन्, ‘समितिले मन्त्रालयलाई दिएका निर्देशन, पालना र वार्षिक प्रतिवेदनका आधारमा दिएका सुझाव कार्यान्वयनको अवस्थाबारे सदनमा छलफल हुनु सरकारको निगरानी नै हो ।’

सबै समितिले वार्षिक प्रतिवेदन बनाएर सरकार र अलगअलग मन्त्रालयसँग छलफल गर्दा उचित हुने उनको भनाइ थियो । ‘समितिका प्रतिवेदनलाई सरकारले सकारात्मक ढङ्गबाट लिएको छ । कमीकमजोरी अन्त्य गरेर अगाडि बढिनेछ’, उनले भनिन् ।

सङ्घीय अधिकार बाडँफाडसँग सम्बन्धित कानुन बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ थियो । उ्नले तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउने कानुन निर्माण गर्न सरकार लागिपरेको बताईन् । मन्त्री शर्माले भनिन्, ‘सङ्घीय अधिकार बाँडफाँडका विषयमा कानुन बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटमा अन्तरिम आदेश भएन
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
श्रवणशक्ति कमः चित्रकलामा निपुण
श्रवणशक्ति कमः चित्रकलामा निपुण
जनकपुर उपमहानगरमा राजपाको अग्रता कायमै
जनकपुर उपमहानगरमा राजपाको अग्रता कायमै
पार्टी एकता: सारेको कि टारेको ?
पार्टी एकता: सारेको कि टारेको ?
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….

तपाईंले छुटाउनुभयो कि?