सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

सारांश

  • अहमदावाद ।
  • काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् ।
  • उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो ।

अहमदावाद । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो ।

सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ । नेता गान्धीका वकिल पङ्कज चम्पानेरीले उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी दिँदै त्यससम्बन्धमा थप विवरण प्रदान गर्न अस्वीकार गरेका छन् ।

सन् २०१९ मा कर्नाटक राज्यमा भएको चुनावी सभामा नेता गान्धीले मोथी थरलाई लिएर गरेको टिप्पणीले आफूहरूको अपमान भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का सांसद पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए ।

नेता गान्धीले राजनीतिक कार्यक्रममा भाषण गर्दा मोदी थरबारे आफूले गरेको टिप्पणी अपमानजनक नभएको र त्यसलाई असान्दर्भिकरुपमा उचालेर मुद्दा दायर गरिएको तर्क गर्दै आएका छन् । मानहानी मुद्दामा सुरत अदालतबाट दोषी ठहर भएपछि उनको लोकसभा सदस्य पद खारेज भएको छ ।

उच्च अदालतले पनि तल्लो न्यायलयको फैसलालाई सदर गरेमा गान्धी आगामी आठ वर्षसम्म संसद् सदस्यको उम्मेदवार बन्नबाट वञ्चित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ
यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
French hotels, restaurants look to migrants to fill 100,000 jobs
French hotels, restaurants look to migrants to fill 100,000 jobs
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बहुमत गुमाए
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बहुमत गुमाए
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास

तपाईंले छुटाउनुभयो कि?