सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय  : के पि ओली

सारांश

  • काठमाडौं, जेठ २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको बताउनुभएको छ ।
  • उहाँले भरतपुर प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रहसकेत गर्नुभएको छ ।
  •  उहाँले भन्नुभयो, ‘बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।

काठमाडौं, जेठ २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले भरतपुर प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रहसकेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।’

एमालेले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले १९ नम्बर वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

अध्यक्ष ओलीले अाइतबारका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गर्नुभयो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को एक केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ । नागरिकको मत दुरुपयोग गरिएकाले न्याय खोज्न आफूहरु अदालत जाने नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले  जानकारी दिनुभयो ।

‘भरतपुरमा नियोजित रुपमा नागरिकको मतको दुरुपयोग गरिएको छ, त्यसको विरोधमा एमाले अदालत जान्छ’ उपनेता नेम्वाङले उज्यालोसँग भन्नुभयो, ‘संविधमान, निर्वाचन मूल्य र मान्यताको अवमूल्यन भएको छ, हामी अदालत, संसद सडक जताजतैबाट नागरिकको भोटको सम्मान खोज्नेछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी
राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी
मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ
मार्ने धम्की दिने म्यानपावर व्यवसायी पक्राउ
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ
संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ
दिपशिखाले किन मिस गरिन् मौसमलाई
दिपशिखाले किन मिस गरिन् मौसमलाई
बर्षमान पुनले भने–माओवादीको एजेण्डामा रजाइँ गरे
बर्षमान पुनले भने–माओवादीको एजेण्डामा रजाइँ गरे
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
कबिता – सरकार !
कबिता – सरकार !

तपाईंले छुटाउनुभयो कि?