नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । आगामी भदौ १ देखि लागू हुन लागेको नयाँ ऐनमा इजाजत नलिएकाले उपचार गरी बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्म हुने प्रावधान राखिएको छ । चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त गरेपछि मात्र इजाजत पाइने व्यवस्था छ । 

यो कानुनको प्रावधान अनुसार कुनैपनि नक्कली डाक्टरले उपचार गर्दा बिरामीको ज्यान गएमा नक्कली डाक्टर जेल जानुपर्ने व्यवस्था छ । त्यो पनि जन्मकैद अर्थात जीवनभर जेल ।

‘उपचार गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन, खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन’ कानुनमा भनिएको छ ।

लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन, सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचारमा भने बाधा नपुग्ने कानुनमा उल्लेख छ ।

इजाजत नलिएका नक्कली चिकित्सकले चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अंगभंग भएमा पन्ध्र
वर्षसम्म कैद हुनेछ । कसैले पनि गलत नियतले उपचार गर्न नपाइने कानुनी व्यवस्था छ ।

कसैलाई पनि बदनियत राखेर उपचार गर्न पाइने छैन । कानुनमा लेखिएको छ, ‘कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन ।’

एउटा अंगको चिरफार गर्नुपर्नेमा अर्को गरेमा पनि कानुनले दोषी ठहर गरी सजाय तोकेको छ ।
बदनियत राखेर कसैको ज्यान गएकोमा ज्यान मारे सरह ठहरिनेछ । त्यसैगरी कसैको अंगभंग भएमा अंगभंग गराएको ठहरिनेछ ।

चिकित्सकले इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी अपनाउनुपर्नेछ । सावधानी नअपनाई लापरबाही, हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न
नहुने कानुनमा लेखिएको छ ।

लापर्वाहीबाट कसैको ज्यान मर्न गएमा वा अंगभंग भएमा, लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना उल्लेख छ । हेलचक्य्राइँ गरेको कारणबाट मरेमा वा अंगभंग भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Kumar Shrestha

    Ani sakkaliko laparwahile gayo vane?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
अमेरिकी भिसा आवेदकका लागि अब यस्तो नियम
अमेरिकी भिसा आवेदकका लागि अब यस्तो नियम
Several Facts About Online Dating
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि  अनुसन्धान
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह