सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १६, २०७९
|
|
४९ पटक हेरिएको
Shares
सन्दीपलाई विदेश जान अनुमति, धरौटीमा छाड्ने आदेश सदर

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको छ।
  • न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उनलाई विदेश जाने  अनुमति दिएको हो।

काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएको छ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उनलाई विदेश जाने  अनुमति दिएको हो।

साथै उनलाई उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश सदर गरेको छ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो।

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा सन्दीप लामिछानेले निवेदन दिएका थिए।

उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम युएईमा खेल्दैछ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?