सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ

सारांश

  • काठमाडौं, ११ भदौ ।
  • सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ गरेका छन् ।
  • सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटारमा आयोजित नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाइ गरेका हुन् ।

काठमाडौं, ११ भदौ । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाइ गरेका छन् । सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटारमा आयोजित नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाइ गरेका हुन् ।

टोलीलाई अबिर माला लगाएर विदाई गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गरेका थिए । “तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ”, सभामुख महराले भने, ““उच्च मनोबलका साथ आफ्नो क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस् । तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ ।”

खेल क्षेत्रमा सफलता मिले नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै सभामुख महराले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा विशेष जोड दिए । विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । आज २ बजे दक्षिण कोरियातर्फ जान लागेको टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?