सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ ।
  • नेपाल व्यवस्थापन सङ्घको ३९ आँै राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिनुभयो ।
  • “सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ”, उहाँले भन्नुभयो, “डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ आँै राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले चालु संसद्को अधिवेशनबाट सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिनुभयो । “सबै काम डिजिटल प्रणालीमा लैजान सरकारले डिजिटलसम्बन्धी धेरै विधेयक ल्याउने तयारीमा रहेको छ”, उहाँले भन्नुभयो, “डिजिटलबाट काम गर्दा चुस्त दुरुस्त हुन्छ । सेवाग्राहीले पनि चाँडो सुविधा पाउँछन् ।”

उहाँले डिजिटल प्रणालीलाई नियमन गर्नका लागि ‘पेमेन्ट गेट वे’ बनाउने तयारी गरिरहेको जानकारी गराउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा आएको क्रान्तिसँगै सूचना प्रविधिको पनि चुनौती थपिएको बताउनुभयो । मन्त्री खतिवडाले नयाँ सूचना प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्न नसके पछाडि परिने उल्लेख गर्नुभयो ।

अनलाइनमार्फत भुक्तानी बढाउन सरकार लागि परेको भन्दै उहाँले अनलाइनमार्फत भुक्तानी भए कागजी रुपैयाँको प्रयोेग घट्ने बताउनुभयो । “हामी अनलाइनबाट नै सबै किसिमका भुक्तानी गर्न प्रणालीको विकासमा रहेका छौँ”, उहाँले भन्नुभयो, “अनलाइनबाट भुक्तानी गर्ने हो भने रुपैयाँ छाप्नका लागि पैसाको पनि बचत हुन्छ ।’’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुमन घिमिरेले पर्यटनको क्षेत्र व्यवस्थापन गर्नसके मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । सङ्घका अध्यक्ष सुशील भट्टले मुलुकको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको बताउनुभयो । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्ने छ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
उपचारका लागि वर्षमान पुन बैंकक प्रस्थान
उपचारका लागि वर्षमान पुन बैंकक प्रस्थान
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ
आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
२ नम्बर प्रदेशमा  कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
२ नम्बर प्रदेशमा कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)

तपाईंले छुटाउनुभयो कि?