‘सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन?’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०८०
|
|
६१ पटक हेरिएको
Shares
‘सरकारले अन्य विधेयक ल्याउँछ, नागरिकता विधेयक किन ल्याउँदैन?’

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
  • बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भनिन्, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन?

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भनिन्, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन?”

सांसद भगवती चौधरीले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो ल्याउनुपर्ने माग गरिन्। सांसद लक्ष्मी तिवारीले भनिन्, “म बाँके जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यहाँ नागरिकताको समस्या छ, नागरिकता नहुँदा युवाले रोजगार पाउन सकेका छैनन्, यो नागरिकताको समस्या चाँडो समाधान होस्।”

सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लासँग जोडिएको तिब्बत नाका कोभिड–१९ पछि बन्द हुँदा स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर भएको बताउँदै सरकारको ध्यानाकर्षण गराए।

सांसद विमला सुवेदीले विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट जिल्लाको प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा नुवाकोट साततले दरबार, सेतोपाटी र तलेजु भवानी मन्दिर पुनःनिर्माण गर्ने जिम्मा लिएको चिनियाँ कम्पनीले ठेक्का पाएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम सुरु हुन नसकेको भन्दै जतिसक्दो चाँडो सुरु गर्न आग्रह गरिन्।

सांसद भानुभक्त जोशीले हुम्ला, जुम्ला र बाजुरालगायत पिछडिएको क्षेत्रलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने माग गरे। सांसद मनिष झाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक सय ४६ दिन हुँदा पनि सही ढङ्गबाट सदुपयोग हुन नसकेको भन्दै हवाई सुरक्षाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

सांसद महेन्द्रबहादुर शाहीले गत साउनमा भएको अविरल वर्षाका कारण कालीकोट जिल्लाको खानेपानी, सिँचाइ, सडक र बस्तीमा समस्या भए पनि अहिलेसम्म सरकारले निर्माण गर्न नसकेको भन्दै गुनासो गरे।

उनले भने, “गत साउनको पहिराका कारण कालीकोट जिल्लामा धेरै क्षति भएको छ, सरकारले क्षतिग्रस्त क्षेत्र घोषणा गरेको छ, तर हालको दिनसम्म पनि खानेपानीको मुहान नबनाएर जनताले पानी खान पाएका छैनन्, तुरुन्तै सरकारको ध्यान जाओस् र यथाशक्य समस्या समाधान होस्।”

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लाको दूधकोसी नदीको दिब्लीघाटको पुल निर्माणमा भएको सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद मेनका कुमारी पोखरेलले नयाँ सरकार बनेको चार महिना बितिसक्दा पनि जनताले राहत महसुस गर्न नपाएको भन्दै देशमा बलात्कार, भ्रष्टाचार, महँगीको अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

सांसद मैना कार्कीले जाजरकोटमा गुणस्तरीय सडक निर्माणको माग गरिन्।

सांसद रघुजी पन्तले काठमाडौँभित्रका खाल्टाखुल्टी सडक निर्माणका लागि सरकारलाई आग्रह गरे। सांसद रणकुमारी बलमपाकीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ मा आगलागीमा परेका परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रणेन्द्र बरालीले चितवन जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणको काम जतिसक्दो चाँडो थालनी गर्न आग्रह गरे।

सांसदहरू राजकिशोर यादव, माधव सापकोटा, महेशकुमार बर्तौता, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाईं, रामकृष्ण यादव, रामकुमार राई, रेखा यादव, रोशन कार्की, लालवीर चौधरी, लेखनाथ दाहाल, रामनाथ अधिकारी र रामहरि खतिवडाले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मलेसियामा रक्सि सेवनबाट ६ नेपालीकाे मृत्यु !
मलेसियामा रक्सि सेवनबाट ६ नेपालीकाे मृत्यु !
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
साँगामा स्थानीय र प्रहरीबीच झडप
साँगामा स्थानीय र प्रहरीबीच झडप
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल
करिश्मालाई आफ्नैले गरे घात
करिश्मालाई आफ्नैले गरे घात
सेप्टेम्बरमा भित्रिए ८८ हजार विदेशी पर्यटक, गत वर्षको तुलनामा सुधार
सेप्टेम्बरमा भित्रिए ८८ हजार विदेशी पर्यटक, गत वर्षको तुलनामा सुधार
अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

तपाईंले छुटाउनुभयो कि?