सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय जनता पार्टी नेपाल संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएको छ ।
  • सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएको छ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा एक नेताले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन । सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान (भोटिङ) हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?