सर्वदलीय बैठकमा को को पुगे

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २३, २०७७
|
|
३७ पटक हेरिएको
Shares
सर्वदलीय बैठकमा को को पुगे

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओली बीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति दायाँबायाँ ।
  • सिट यसरी मिलाइएको थियो ।

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति दायाँबायाँ । सिट यसरी मिलाइएको थियो ।

नेताहरुको वरियतालाई दृष्टिगत गरी नामसहित मेच र टेबुल मिलाइएको थियो । जहाँ आफ्नो नाम छ त्यहाँ नेताहरु बसेका थिए ।

पूर्व प्रधानमन्त्रीहरुमध्ये नेकपा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि पुगेका थिए । उनीहरु सँगै बसेका थिए । नेकपा उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि बैठकमा सहभागी थिए । नेकपा सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि बैठकमा थिए ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, पनि बैठकमा सहभागी थिए ।

राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव दुवैजना सहभागी थिए ।

नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल बैठकमा पुगेका थिए । बैठकमा प्रधानमन्त्रीले संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?