सांसदहरुको आज कोरोना परीक्षण हुँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २२, २०७८
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधि सभाका सांसदहरुको आज र भोली कोरोना परिक्षण हुने भएको छ ।
  • विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको हो ।
  • वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो ।

प्रतिनिधि सभाका सांसदहरुको आज र भोली कोरोना परिक्षण हुने भएको छ । विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको हो ।

वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । यस्तै संसद्का महासचिव, सचिवहरू, कार्यव्यवस्था र सांसद सुविधा शाखाका कर्मचारीको नमुना सङ्कलन गरिने छ ।

सङ्घीय संसद्का सबै कर्मचारीको कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिने छ । साथै पदाधिकारीका निजी सचिवालयमा कार्यरत कर्मचारीको नमुना सङ्कलन पनि बुधबार नै हुनेछ ।

यस्तै बिहीबार पनि परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । बिहीबार सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, बैठकको सुरक्षामा खटिने सुरक्षाकर्मी, बैठक कक्षमा उपस्थित हुने सञ्चारकर्मीको नमुना सङ्कलन हुनेछ । यस्तै स्वकीय सचिवलगायतका कर्मचारी, चेकजाँचमा खटिने कर्मचारीको पनि बिहीबार नै नमुना परीक्षण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी
पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी
१३ सयले घट्यो सुनको मूल्य
१३ सयले घट्यो सुनको मूल्य
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
वीर अस्पतालका कतिपय डाक्टर हाजिर गरेर टाप कस्छन्
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी
तिज गीतमा धम्की आएपछि गायिका सोफिया थापाले दिइन् प्रहरीमा उजुरी

तपाईंले छुटाउनुभयो कि?