सुत्केरीलाई एक किलो घ्यू

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
६७ पटक हेरिएको
Shares
सुत्केरीलाई एक किलो घ्यू

सारांश

  • रुपन्देही, १५ पुस ।
  •  रुपन्देहीमा रहेको एक सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरी भए एक किलो घ्यू र २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ ।
  • जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ ।

रुपन्देही, १५ पुस । रुपन्देहीमा रहेको एक सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरी भए एक किलो घ्यू र २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ ।

यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो एक हजार २०० रहेको छ । अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन् । २०३२ सालमा कृषि विकास बैंकले गरीबी न्यूनीकरणका लागि सञ्चालन गरेको साना किसान विकास आयोजना २०५० सालमा स्थानीय सदस्यलाई हस्तान्तरण गरेपछि २०६० सालमा यसको स्थापना भएको बताइएको छ ।

संस्थाका सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि आधुनिक प्रविधिको माध्यमबाट कृषिलाई व्यावसायीकरण र लघु उद्योग स्थापना गर्दै सदस्यहरूको जीवनस्तर वृद्धि गर्ने परिकल्पना रहेको संस्थाका प्रबन्धक दिनेश घिमिरेले जानकारी दिए ।

उनले अधिकांश कार्यक्रम कृषि क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै साना किसान विकास लघु वित्तको सहयोगमा कृषि प्रशिक्षार्थीका रूपमा कृषि क्षेत्रमा प्रविधिको प्रयोग तथा यान्त्रिकीकरणबाट कृषि उत्पादन वृद्धि गर्न १० जनालाई इजरायल पठाइएको बताए ।

सैनामैनाका शेयर सदस्य प्रेम घिमिरेले साना किसानका लागि स्थापना भएको संस्थामा सहुलियतपूर्ण र सस्तो ब्याजदर नभएको गुनासो गरे । सहकारीले दूध डेरी सञ्चालन, बीउबिजन, भेटेरिनरीसम्बन्धी सेवा र मलखाद बिक्री–वितरण गर्ने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने समेत प्रस्ताव गरेको छ ।

शेयर पूँजी रु एक करोड ९१ लाख ८७ हजार ३०० रहेको संस्थामा रु १९ करोड २६ लाख पाँच हजार ८७२ निक्षेप सङ्कलन भएको छ । तीन हजार ५८४ शेयर सदस्य रहेको संस्थाले रु ३१ करोड २१ लख ४६ हजार ३५ लगानी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
एकल महिलाको भवनमा डोजर
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
माथिल्लो तामाकोशीमा सकस
माथिल्लो तामाकोशीमा सकस
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
युरोप पठाउछु भन्दै ठग्ने पक्राउ
युरोप पठाउछु भन्दै ठग्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?