सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री

सारांश

  • खिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
  • बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो ।
  • १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला पर्नुभएको थियो ।

खिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला पर्नुभएको थियो ।

दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताउनुभयो ।

अनमी नेपालीको तीन महीना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किनुभएको थियो । यता सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्मन नसक्दा मङ्गलबारदेखि पीडा सहेर बस्नुभएको थियो ।

उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिनुभयो ।

मन्त्री रावलले केही समयका लागि हेलिकप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक÷एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक÷एक जना विशेषज्ञ चिकित्सक राख्ने बताउनुभएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
ज्यूँदो सहिद (कथा)
ज्यूँदो सहिद (कथा)
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
Over 18,000 security personnel to be deployed in 13th SAG
Over 18,000 security personnel to be deployed in 13th SAG
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?