सुदूरपश्चिममा आज सार्वजनिक विदा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३१, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सुदूरपश्चिममा आज सार्वजनिक विदा

सारांश

  • धनगढी ।
  • सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।
  • थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ। पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक विदा दिएका छन् ।

कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?