सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ३, २०७६
|
|
६४ पटक हेरिएको
Shares
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलेको छ ।
  • नयाँ सभामुख चयनका लागि कानुनी अड्चन मात्र नभई सत्तारुढ दलभित्र आकांक्षी धेरै रहेकाले पनि चाँडै चयन हुने सम्भावना देखिएको छैन ।
  • नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सभामुख चयनका लािग अझै समय लाग्ने खुलाइसकेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलेको छ । नयाँ सभामुख चयनका लागि कानुनी अड्चन मात्र नभई सत्तारुढ दलभित्र आकांक्षी धेरै रहेकाले पनि चाँडै चयन हुने सम्भावना देखिएको छैन । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सभामुख चयनका लािग अझै समय लाग्ने खुलाइसकेका छन् ।

यसले पनि सभामुख चयन सजिलो नहुने देखिइसकेको छ । सभामुखमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली आफू निकटस्थलाई बनाउन चाहिरहेका छन् । प्रधानमन्त्रीका रुपमा आफूले चाहेका कतिपय विधयेक र संसदबाट पारित गर्नुपर्ने विषयमा निवर्तमान सभामुख महराले अड्को थालेको स्वयं ओलीले खुलासा गरिसकेकाछन् ।

यसकारण पनि उनी आफू अनुकूलको व्यक्तिलाई सभामुख बनाउन चाहिरहेका छन् । ओलीको चाहना सुभाष नेम्वाङलाई सभामुख बनाउने रहेको छ । तर, प्रचण्ड उनीप्रति सकारात्मक छैनन् । नेम्वाङ नबने उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै बनाउने ओलीको रणनीति रहेको छ । संविधानमा उपसभामुखले सभामुख समक्ष राजीनामा दिने प्रावधान छ ।

सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा के हुने स्पष्ट छैन । यसले पनि तुम्वाहाम्फेलाई फाइदा पुगेको छ । उनको पदोन्नती गरी सभामुख बनाउने पक्षमा नेकपाका ओली पक्षधर देखिएका छन् । ओलीले तुम्वाहाम्फेलाई बालुवाटारमा बोलाएर भेटिसकेका छन् । भेटपछि उनले उपसभामुख त्यत्तिकै नछाड्ने संकेत गरिसकेकी छिन् ।

अब उनलाई कि सभामुख कि कुनै महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अवस्था बन्न सक्छ । नेकपाका अध्यक्ष प्रचण्ड महराको राजीनामा पछि उपयुक्त व्यक्तिको खोजीमा छन् । प्रचण्ड निकटस्थका अनुसार उनी पूर्व सभामुख ओनसरी घर्तीको पक्षमा छन् । घर्ती नभए जर्नादन शर्मालाई सभामुख बनाउनेबारे पनि परामर्श चलेको छ ।

कानुनी प्रक्रियाका जानकार देव गुरुङलाई सभामुख बनाउनेबारे पनि प्रचण्डले आन्तरिक छलफल चलाएका छन् । ओली र प्रचण्डबीच सभामुख आफू अनुकूलको व्यक्तिलाई बनाउनेबारे कुरा मिल्न कठिन हुने देखिदै गएको छ । यसै पनि विदेशीलाई हेर्ने दृष्टिकोण देखि विगतको सहमति पालनालगायतमा प्रचण्डको ओलीप्रति तिव्र असन्तुष्टि बढिरहेको छ । सभामुख चयनका बखत दुवै पक्षबीच अर्को समस्या खडा हुने अवस्था बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे दुई वर्षमा बल्ल प्रधानमन्त्री ओलीले गरे शिलान्यास
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
वर्षा लागेसँगै तराई डुबानमा, पहाडमा पहिरोको जोखिम
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’

तपाईंले छुटाउनुभयो कि?