सोलुखुम्बुमा माओवादीका सुरवीर विजयी ; सुरविरलाई नजिकबाट चिन्नुहोस्

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सोलुखुम्बुमा माओवादीका सुरवीर विजयी ; सुरविरलाई नजिकबाट चिन्नुहोस्

सारांश

  • सोलुखुम्बु, मङसिर २३ – सोलुखुम्बुको प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका हेमकुमार राई ‘सुरविर’ विजयी हुनुभएको छ ।
  • नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीलाई ३ हजार १ सय ६७ मतले पछि पार्दै राई विजयी हुनुभएको हो ।
  • उहाँले २० हजार ९ सय १२ मत पाप्त गर्नुभएको छ ।

सोलुखुम्बु, मङसिर २३ – सोलुखुम्बुको प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका हेमकुमार राई ‘सुरविर’ विजयी हुनुभएको छ ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीलाई ३ हजार १ सय ६७ मतले पछि पार्दै राई विजयी हुनुभएको हो । उहाँले २० हजार ९ सय १२ मत पाप्त गर्नुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेपाली कागं्रेसका बलबहादुर केसीले १७ हजार ७ सय ४५ मत प्रप्त गर्नुभएको छ ।
केसी सोलुखुम्बुमा संविधानसभाको पहिलो चुनावबमा बाहेक सँधै विजयी हुदै आउनुभएको थियो ।

सुरविरलाई नजिकबाट चिन्नुहोस्

सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हेमकुमार राईको जन्म नेचा सल्यान गाउँपालिका ४ मा भएको हो । २०४० साल पुस १५ गते जन्मिएका राईले १२ कक्षासम्म सिन्धुली उच्च माविमा पढ्नुभयो  ।

अहिले सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका – ४ बस्ने राईले २०५६ सालमा तत्कालीन माओबादीको सदस्यता लिनुभएको हो । अहिले उहाँ माओवादी केन्द्र सोलुखुम्बुको जिल्ला इञ्चार्ज हुनुहुन्छ । उहाँ पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?