स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ६, २०७५
|
४७
|
४६ पटक हेरिएको
Shares
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

सारांश

  • सन्तोष क्षत्री दोहा (कतार), ६ भदौ ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।
  • कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले त्यस्तो धारणा राखेका हुन् ।

सन्तोष क्षत्री

दोहा (कतार), ६ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्ने बताएका छन् । कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले त्यस्तो धारणा राखेका हुन् ।

एकात्मक शासन प्रणालीमा सिहदरबारमा केन्द्रित अधिकारलाई बिकेन्द्रीत गरी नगरपालिका र गाउँपालिकालाई शक्तिशाली बनाई खर्चिलो प्रदेशको संरचना खारेज गर्नुपर्ने बताए । अध्यक्ष केसीले केन्द्र र स्थानीय तहको समन्वयको लागि प्रदेशगत प्रशासनिक संरचना मात्रै भए पुग्ने बताउँदै थपे, “अहिले कायम रहेको ७ प्रदेश तथा कर्णाली र गण्डकी प्रदेशको नाम रास्ट्रिय जनमोर्चाले पहिले नै प्रस्ताव गरेकोले अब अन्य प्रदेशको नामकरण गर्दा पनि भूगोल र ऐतिहासिक पहिचानको आधारमा हुनुपर्छ ।” अध्यक्ष केसीले अहिलेको बजेटमा पनि सरकारले स्थानीय तहलाई आवश्यक बजेट बिनियोजन नगरी केन्द्रमै राखेकोले अपेक्षाअनुरुप बिकास निर्माणका कार्य हुन नसक्ने बताए ।

पूर्व उपप्रधानमन्त्री समेत भइसकेका केसीले नेपालमा समाजवाद तत्काल आउन नसक्ने भन्दै अहिलेको पूँजीवादी ब्यबस्थामै पनि अगुवा गर्ने नेतृत्वले आचरण परिवर्तन गरेमा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न सकिने बताए । केसीले रेमिटान्सबिना देश नै नचलेर आर्थिक संकट आउने खतरा भइरहँदा नेपाल जस्तो सानो देशमा केन्द्रीय सरकार सञ्चालन गर्नु पनि गाह्रो हुँदाहुँदै संसदमा बिना छलफल विदेशीको इशारामा संघीयता लादिएको आरोप लगाए ।

कुनै पनि देशको लाखौं संख्यामा युवाशक्ति बाहिर जानुले देशमा समस्या छ भन्ने संकेत गर्ने भन्दै उनले देशमा उपलब्ध साधन र स्रोतको सही सदुपयोग हुन आवश्यक रहेको बताए ।

कतार नेपाली एकता समाजका अध्यक्ष लुमकान्त पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली प्रवासी मञ्चका अध्यक्ष चाणक पोख्रेल, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशील मञ्च पाँचौं महाधिवेशन आयोजक समितिका संयोजक रकमध्वज राई, कतार नेपाली एकता समाजका पूर्व कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, प्रथम उपाध्यक्ष हेमन्त वाइवा, एनआरएनए कतारका कार्यवाहक अध्यक्ष तेज कटुवाल, कतार नेपाली एकता समाज कोषाध्यक्ष धनबहादुर परियार, पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणि शमाले मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य दिल रानाभाट, रुपन्देही सेवा समाज अभियानका अध्यक्ष डिल्लीराम भट्टराई, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, धनकुटा प्रवासी समाजका महासचिव रविन थापा, मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखा अध्यक्ष कृष्ण बराल, काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्दप्रसाद ढुंगाना, पाँचथर सेवा समाजका अध्यक्ष खडानन्द बास्कोटा, रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढाथोकी, दाङ देउखुरी सेवा समाजका अध्यक्ष बसन्तराज पुरी, सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष पेम्बा घलान लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

रक्तिम साँस्कृतिक अभियानका कलाकारबाट गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा स्वागत समाजका सचिव बिष्णु थापाले र संचालन महासचिव खिम बुढा मगरले गरेका थिए । कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन बुधबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया

47 कमेन्ट

    Comment Author

    Radhakrishna Basnet

    म पनि सहमत।

    Comment Author

    Amit Dhungana

    संघियता खारिज नभए देश टुक्रिन्छ ।

    Comment Author

    Suraj Khanal

    सहि कुरा हाे अब सबै के सि बाले भनेझै गरे कसाे हाेला।

    Comment Author

    Jagat Krishna Prajapati

    ठिक

    Comment Author

    Rudra Kuikel

    सहि कुरा

    Comment Author

    Nawin Pokhrel

    sahi ho

    Comment Author

    Chandra Bdr Lamichhane

    Gharko pidhi chinyachhan …. Abo Budhaa laai aafno “crite area”
    (mandal ilaaka)chinna baanki chha.

    Comment Author

    Milan Shrestha

    सईबात

    Comment Author

    Bishnu Dhakal

    सहि हाे

    Comment Author

    Dan Singh Dhami

    सहिहाे।

    Comment Author

    Prabin Panday

    Ho yo सहि कुरो हो

    Comment Author

    Man Bahadur Karki

    खिचातानी हुने देश मा एक अापस मा लडाइँ हुनेकाम संघिषता खारिज गर्दा लडाइँ हाेला एकपटक संघियताले देश काे अस्थित्ताे नमेटिउन जेल लडाउने हाेला नेपाली नेपाली लाई लडाउने फाइदा बिदेशी ले लिने धेरै सम्भावना देखिन्छ यसकारण सरकार ले धेरै सतर्कता अप्नाउन जरुरी देखिन्छ।

    Comment Author

    Krishna Sigdel

    Haina chitrabahadur thuldai le bujhnuvaynaki mahile bujhina sanghiyata vanekai tallo tahasamma aadhikar bikendrikaran garneho vanera?

    Comment Author

    Ambar Gauli

    Good

    Comment Author

    Jivan Adkary

    सहि हाे

    Comment Author

    Sanjay Shahi

    Good question

    Comment Author

    Deepak Dahal

    बा ले नेपाली जनताको मनको कुरा भन्नुभयो !✌

    Comment Author

    Rajendra Bc

    100 %thik

    Comment Author

    Mim B Shahi

    के भन्छ याे बुढाे उदाे जडाे न उभाे पात भएकाे केकाे बकबक गरेकाे छ कुन्नी ।

    Comment Author

    Krishna Bahadhur Karki

    Thik

    Comment Author

    Shrestha Bishal

    neta sewak vaye sanghiyeta thik xa neta naya raja ra subidha bhogi vaye puranai rajsastha thik xa…

    Comment Author

    Shashi Khatiwada

    Sahi ho

    Comment Author

    Mahendra Khadka

    Right

    Comment Author

    Bikal Adhikari

    Sahi kura chitra bdr jeuda desh.samrxak ho bhaner bhujeka xan are

    Comment Author

    Raman Thapa

    Write

    Comment Author

    Lekhnath Bhattarai

    केसि बाले जे – जे भने त्यही कुरा सुन्दा कुन -कुरा चै सहि , कुन चै कुरा गलत भन्ने कुरा ठम्याउन र बुझ्नै गारो पर्यो हामी जस्ता भर्खर जन्मेका बालख – जनता र सरखार लाई । लौ न सम्झाइ दिनु पर्यो कसैले यी दुबै पक्षलाई ।

    Comment Author

    Lila Poudel

    Hoina Pradesh baliyo banai staniya taha ko swatta adhikar khojnu parchha

      Comment Author

      Sameer Sharma

      Wai hat

      Comment Author

      Lila Poudel

      Pachi Thaha Paula ni

    Comment Author

    Khatri Puspa

    kuro sahi rachha jantako behal gare

    Comment Author

    Braj Chelsea

    लास्टामा चित्र ब. कै पछि लाग्नु पर्ला जस्तो भयो हैन।

    Comment Author

    Bishnu Plc Paudel

    Sanghiyata deshma aabashyak nai thiyan k garnu jungle harula desh barbad para

    Comment Author

    Rishi Ram Khadka

    Right. How is it possible? Chitra leader, do something quickly.”Luddu ” is in your hand. You are only famous for bitter oppose for every government as our prime minister is claimed to be familiar with his proverbs. You have done nothing for the country till now .Fish is in your hand ,let it not be slipped from it.

    Comment Author

    Yadav Chaudhary

    YAS

    Comment Author

    Hari Karki

    Write

    Comment Author

    विनु थापा

    Sahi ho

    Comment Author

    Taman Grg

    कुरात सहि हाे तरा

    Comment Author

    Sapkota Kancha

    Theeek kuro ho

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Correct.

    Comment Author

    Devendra Pande

    Agree

    Comment Author

    Nabaraj Subedi

    Right kura ho…

    Comment Author

    Rajendra Ghimire

    Sahi kuro

    Comment Author

    सोमनाथ आचार्य

    केसि बा को काम छैन

    Comment Author

    Bajra Gurung

    Mr negative

    Comment Author

    Gopal Dahal

    right

    Comment Author

    Dojan Limbu

    Dimak le kam din chode xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 47
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?