स्याङ्जामा खेलाडी तथा प्रशिक्षक सम्मानित !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
स्याङ्जामा खेलाडी तथा प्रशिक्षक सम्मानित !

सारांश

  • वालिङ, १९ भदौ ।
  • नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीलाई वालिङ नगरपालिकाले सम्मान गरेको छ ।
  • उक्त नगरपालिकाभित्रका झण्डै १२ खेलाडी नेपालको राष्ट्रिय टोलीमा सहभागी भइ खेल प्रदर्शन गरेका र तीमध्ये वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज हमाल, क्षितिजराज जिटी तथा महिलातर्फ रिया बानु, रेनुका हमाल, सुस्मा जिटी, सरिष्मा थापालाई जनही रु पाँच हजार सहित सम्मानपत्र प्रदान गरिएको थियोे ।

वालिङ, १९ भदौ । नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीलाई वालिङ नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिकाभित्रका झण्डै १२ खेलाडी नेपालको राष्ट्रिय टोलीमा सहभागी भइ खेल प्रदर्शन गरेका र तीमध्ये वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज हमाल, क्षितिजराज जिटी तथा महिलातर्फ रिया बानु, रेनुका हमाल, सुस्मा जिटी, सरिष्मा थापालाई जनही रु पाँच हजार सहित सम्मानपत्र प्रदान गरिएको थियोे ।

आगामी दिन बाँकी अन्य खेलाडीलाई पनि सम्मान गर्ने उक्त नगरपालिकाले जनाएको छ । वालिङको फुटबल खेल क्षेत्रको विकासका लागि निरन्तररूपमा योगदान पु¥याउने पूर्वखेलाडी एवं प्रशिक्षक दिलीप थापालाई उक्त नगरपालिकाले सम्मानस्वरुप माउण्टेन बाइक प्रदान गरेको थियो । नगर प्रमुख दिलीपप्रताप खाँणले यस नगरपालिकाको खेल तथा खेलाडीको स्तरवृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यहाँबाट उत्पादन भएका खेलाडीले विदेशमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपालकै गौरव राखेकामा प्रशंसा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?