स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ११, २०७९
|
|
३७ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
  • गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मङ्गलवार निरीक्षण गर्दै उहाँले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिनुभयो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मङ्गलवार निरीक्षण गर्दै उहाँले समाजका गरिब र विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ सञ्चालन गरिएको स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राख्न आफूले निर्देशन दिएको जानकारी दिनुभयो ।

अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनु वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री गिरीले अस्पतालमा सेवा विस्तार र भौतिक संरचना निर्माणमा जोड दिने विश्वास व्यक्त गर्नुभयो । नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताउँदै उहाँले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री गिरीले अस्पतालका विभिन्न विभागको स्थलगत निरीक्षणका क्रममा उपचाररत बिरामी र उनीहरूका आफन्तसँग अस्पतालको सेवा सुविधा र उपचारका बारेमा जानकारी लिनुभएको थियो । पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले अस्पतालको गतिविधिबारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
आफैँले बन्दुक चलाउँदा एकको मृत्यु
कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो
कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन

तपाईंले छुटाउनुभयो कि?