हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
सारांश
- सप्तरी, असोज १६ – भारतीय प्रहरीले हिजो पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ ।
- भारतको सुनौलीबाट शनिबार पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
- भारतको सुपौल जिल्ला अन्तगर्तत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई बीरपुर थानाले अपहरणको मुद्दा चलाएको हो ।
सप्तरी, असोज १६ – भारतीय प्रहरीले हिजो पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ ।
भारतको सुनौलीबाट शनिबार पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतको सुपौल जिल्ला अन्तगर्तत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई बीरपुर थानाले अपहरणको मुद्दा चलाएको हो ।
अजयले केही महिना अघि १८ बर्षीया भारतीय युवतीसँग विवाह गर्नुभएको थियो । युवतीका परिवारले उजुरी गरेपछि अजय र उहाँका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । तिलाठीका गाउँलेले भने यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाएको बताएका छन् ।
नेपाल भारत सिमामा पर्ने तिलाठिमा पोहोर भारतीय पक्षले सिमा मिच्न खोजेपछि रोक्न गएका देवनारायण भारतीय सुरक्षाकर्मीसँगको झडपमा घाइते हुनुभएको थियो । त्यहि कारण उहाँ र छोरालाई पक्राउ गरि अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई छ ।
प्रतिक्रिया