होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २६, २०७९
|
|
३६ पटक हेरिएको
Shares
होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

सारांश

  • गण्डकी ।
  • होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् ।
  • महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् ।

सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा बराल, निधिप्रसाद तिमिल्सिना, मोतीकृष्ण उपाध्याय, यमलाल सापकोटा, विदुर ढुङ्गाना, तिलकप्रसाद तिवारी र प्रेमप्रसाद न्यौपाने रहेका छन् ।

अध्यक्षबाट मनोनित हुने दुईसहित पाँच सदस्य पछि थपिने महासचिव लम्सालले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । महासङ्घ गण्डकी प्रदेशको तदर्थ समिति विसं २०७५ भदौमा गठन भएको थियो ।

महासङ्घमा गण्डकी प्रदेशका झन्डै आठ हजार होटल तथा रेष्टुराँ व्यवसायी सङ्गठित छन् । महाधिवेशनको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको  रणनीति !
चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको रणनीति !
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
नयाँ शक्तिसँग एकताका लागि बाटो खोल्यो फोरमले
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल

तपाईंले छुटाउनुभयो कि?