लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

सारांश

  • काठमाडौं, माघ १५ ।
  • लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् ।
  • उनले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

काठमाडौं, माघ १५ ।लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । उनले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको पनि प्राप्त सुचनामा जनाइएको छ । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना हुनेछ । उनले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?