११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !

सारांश

  • काठमाडौं, २३ माघ – पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ।
  • सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो।
  • तर, कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवनलगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको हो।

काठमाडौं, २३ माघ – पूर्वाधार अभावका कारण एक सय १९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ। सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणाअनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो। तर, कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवनलगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको हो।

एक सय १९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी गराएका छन्। दुई सय ८२ स्थानमा बैंकिङ कार्यालय खोल्ने प्रक्रिया अघि बढेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा मेनुका कार्कीले खबर लेखेकी छिन् ।

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ ३० गतेस्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। बैंक नहुँदा खाता खोल्न नसकिएको गुनासो स्थानीय तहबाट आएपछि समितिले सबै स्थानमा शाखा खोल्न निर्देशन दिएको थियो। समितिले निर्देशन दिँदा सात सय ५३ स्थानीय तहमध्ये दुई सय ९६ मा मात्र बैंकिङ कार्यालय खुलेका थिए। मौद्रिक नीतिले समेत सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउने घोषणा गरेको थियो। राष्ट्र बैंकलाई बैंकहरूले स्थानीय तहमा कार्यालय खोल्ने प्रतिबद्धता गरे पनि पूर्वाधार तयार नभएका कारण बैंक अल्मलिएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले पूर्वाधार तयार नभएका र स्थान परिवर्तनका कारण बैंक खोल्न समस्या आएको जानकारी दिए। ‘पूर्वाधार तयार भएका स्थानमा जतिसक्दो छिटो जाने तयारी गरिरहेका छौं’, उनले भने, ‘बैंकले प्रतिबद्धता जनाएका कतिपय स्थानमा माओवादी द्वन्द्वमा विस्थापित भएका बैंक जाने क्रम पनि जारी छ। यस कारण पनि अलमल भएको हो।

पूर्वाधार तयार नभएका स्थानमा गएर कार्यालय सञ्चालन गाह्रो हुने बैंकर्सको भनाइ छ। राष्ट्र बैंकलाई गरेको प्रतिबद्धताअनुसार तीन सय ५२ स्थानमा बैंकिङ सेवा सुरु भइसकेको छ। देश संघीयतामा गएसँगै राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकिङ कारोबार गर्न सहज होस् भनि सबै क्षेत्रमा बैंक पु¥याउने योजना बनाएको छ। प्रदेश १ मा एक ३७ वटा स्थानीय तह छन्। यसमध्ये ५४ स्थानीय तहमा बैंकहरू कार्यालय सञ्चालन गर्ने क्रममा छन्। १८ स्थानमा बैंक जान नसक्ने जनाएका छन्। यो प्रदेशका ६५ स्थानीय तहमा बैंकिङ कार्यालय स्थापना भइसकेका छन्।

(Klonopin)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    मैले खाता खोल्नै पर्ने ठाउ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
अपरिचितलाई पासवर्ड दिँदा यसरी फसे युवती…
अपरिचितलाई पासवर्ड दिँदा यसरी फसे युवती…
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता
काबुल आक्रमणमा ४३ जना मारिए
काबुल आक्रमणमा ४३ जना मारिए
आजकाे राशीफल
आजकाे राशीफल
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…