२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर

सारांश

  • काठमाडौं-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शनिबार अपरान्ह चार बजे उनलाई प्रभु बैंकका अप्रेसन अफिसरले फोन गरे, ‘दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम बुथमा मानिसहरुको अस्वभाविक चहलपहल भइरहेको छ।
  • ’ काठमाडौं प्रहरी परिसरसहित दरबारमार्ग, सोह्रखुट्टे र कमलपोखरी प्रहरी वृतबाट प्रहरी परिचालित भए।
  • नबिल बैंकको त्यस एटिएम बुथ पुग्दा एक चिनियाँ नागरिक पैसा निकालिरहेका थिए।

काठमाडौं-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शनिबार अपरान्ह चार बजे उनलाई प्रभु बैंकका अप्रेसन अफिसरले फोन गरे, ‘दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम बुथमा मानिसहरुको अस्वभाविक चहलपहल भइरहेको छ।’

काठमाडौं प्रहरी परिसरसहित दरबारमार्ग, सोह्रखुट्टे र कमलपोखरी प्रहरी वृतबाट प्रहरी परिचालित भए। नबिल बैंकको त्यस एटिएम बुथ पुग्दा एक चिनियाँ नागरिक पैसा निकालिरहेका थिए। उनि बाहिर निस्किएलगत्तै प्रहरीले नियन्त्रणमा लियो।

एटीएमबाट ४५ हजार रुपैयाँ निकालेका रहेछन्। झोला खानतलासी गर्दा २० वटा एटीएम कार्ड भेटिए। प्रहरीको आशंका बढ्यो। ती चिनियाँ नागरिकले केही नबोलेपनि झोलामा हात्तिसारमा रहेको माया मनोहर बुटिक होटलको कोठाको साँचो भेटियो। प्रहरी तत्काल त्यस होटलतर्फ लाग्यो।

चारजना चिनियाँ नागरिक दुई वटा सुटकेश र दुई वटा झोला बोकेर होटलबाट निस्कँदै थिए। एटिएम बुथबाट लिइएका सिसिटिभी फुटेजसँग दाँज्दा ती चारै जनासँग अनुहार मिल्यो। प्रहरीले उनिहरुलाई लिएर होटलका कोठामा पुग्यो। सुटकेश र झोला खोल्यो। प्रहरी आत्तिए। त्यहाँ पैसा कोचीकोची राखिएको थियो।

प्रहरीले त्यहाँबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार एक सय ८ अमेरिकी डलर, २ सय ५० युरो, चाइनिज मुद्रा ११ सय ९१ चिनियाँ युआन, पाँच हजार कम्बोडियन रुपैयाँ र ८० हङकङ डलर बरामद र्गयो। साथमा भेटियो एक सय ३२ वटा नक्कली भिषा कार्ड र १७ थान सक्कली भिषा कार्ड पनि। प्रहरीलाई पैसा गन्न मात्र राती २ बजेसम्म लागेको थियो।

‘शनिबार दिउँसो र रातभरमा राजधानीका सबै एटीएम बुथबाट पैसा निकालेर आइतबार क्यासिनो जाने र सोमबार चीन फर्कने उनीहरुको योजना रहेछ’, काठमाडौं प्रहरी प्रवक्ता बोगटीले भने। उनका अनुसार माया मनोहर बुटिक होटलमा चिनियाँ नागरिकको चार चार जनाको दुई वटा समूह थियो जो एक अर्कामा परिचित थिएनन्। तर दुवै समूह शुक्रबार मात्र नेपाल उत्रिएका थिए।

‘नबिल बैंकको एटिएम बुथबाट चिनियाँलाई नियन्त्रणमा लिँदा वरिपरी तीनजना चिनियाँ रहेको देखिन्छ। साथीलाई पक्राउ गरेपछि उनीहरु दौडँदै होटल पुगेर पैसा लिएर भाग्न खोज्दा पक्राउ गरेका हौँ’, डीएसपी बोगटी भन्छन्।

प्रहरीका अनुसार सोही होटलमै रहेका अन्य तीन जना चिनियाँ भने भाग्न सफल भएका छन्। उनिहरुले कति पैसा लिएर भागे भन्नेबारे प्रहरी यकिन हुन सकेको छैन।

उनीहरुले कतिवटा एटीएम बुथबाट पैसा झिकेका थिए भन्नेबारे प्रहरी यकिन हुन सकेको छैन। ‘ एउटा एटिएम बुथ रित्याएपछि अर्कोमा जाने गरेको पाइयो। पैसा झिकेपछि होटल र्पुयाइहाल्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, बोगटी भन्छन्।

नेपालमा शनिबार विदाको दिन परेकाले शनिबार बिहानदेखि आइतबारबिहानसम्म एटिएमबाट पैसा झिक्ने उनिहरुको योजना रहेको अनुसन्धान अधिकारी बताउँछन्।

‘हामी एक मिनेट मात्र होटलमा ढिला पुगेका थियौँ भने उनीहरु पैसा लिएर त्यहाँबाट भागिसकेका हुन्थे। त्यो अवस्थामा उनीहरुलाई पक्राउ गर्न निकै गाह्रो हुने थियो’, बोगटी भन्छन्।

कसको र कसरी झिकियो पैसा ?
एटिएम बुथबाट चिनियाँले पैसा झिकेको समाचार आएसँगै राष्ट्र बैंकले बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित रहेको दावी गरेको छ। उनिहरुले बैंककै पैसा मात्र झिकेको दावी राष्ट्र बैंकको छ।

तर एटिएम प्रयोग गरेर सम्बन्धित बैंकको मात्र पैसा झिक्न कसरी सम्भव छ? यसअघि एटिएमबाट पैसा चोरी भएका घटनामा बैंक अकाउन्टका डाटा चोरेर खाली एटिएम कार्डमा भरि पैसा निकाल्ने गरेको पाइएको थियो।

व्यक्तिगत अकाउन्टको हकमा एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न सकिन्छ। स्रोतका अनुसार एटिएम बुथमा एकपटकमा बढीमा २५ लाख रुपैयाँसम्म रहन्छ। काठमाडौं प्रहरी प्रवक्ता बोगटी भन्छन् स् ह्याकरले बैंकको सिस्टम ह्याक गरि डाटा चोरेर पैसा चोरेको देखिन्छ। सुटकेश नै लगेर पैसा थापेको देखिन्छ।

चोरिएको डाटा कसको थियो भन्नेबारे भने उनले केही खुलाएनन्। बैंकको मात्र पैसा थियो भने त्यतिधेरै एटीएमको किन बोकेका थिए ती चिनियाँले ?

नेपाल बैंकर्स एसोएसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना ठुलो दुर्घटना टरेको बताए। उनले कसको पैसा झिकिएको स्पष्ट नपारे पनि बैंक झिकिएको पैसा पुर्ती गर्न सक्षम रहेको बताए। ‘ सर्वसाधारण ढुक्क हुनुस् तपाईहरुको पैसा केही हुने छैन। जसको पैसा झिकिए पनि पूर्ति गर्न हामी सक्षम छौँ।

दुई वटा बेग्लाबेग्लै समूह भएको तर एउटै होटलमा बसेकाले उनीहरुलाई परिचालन गर्ने अर्को व्यक्ति वा समूह हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अब होटल मानकी इन्टरनेशनलमा विशेष छुट पाउने
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै
फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
यी हुन् २०१८ चर्चित अनुहार
यी हुन् २०१८ चर्चित अनुहार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

तपाईंले छुटाउनुभयो कि?