२६८ रोजगार संयोजकमा फेरि १० हजार आवेदन

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
२६८ रोजगार संयोजकमा फेरि १० हजार आवेदन

सारांश

  • काठमाडौं ।
  • सरकारले खुलाएको रोजगार संयोजकका लागि फेरि १० हजार आवेदन परेको छ ।
  • यसअघि पूरा हुन नसकेको २६८ जना रोजगार संयोजकका लागि ९ हजार ८७४ दर्खास्त परेको हो ।

काठमाडौं । सरकारले खुलाएको रोजगार संयोजकका लागि फेरि १० हजार आवेदन परेको छ । यसअघि पूरा हुन नसकेको २६८ जना रोजगार संयोजकका लागि ९ हजार ८७४ दर्खास्त परेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो ।

प्रदेश १ बाट दुई हजार २५९, प्रदेश २ बाट एक हजार ४२२, प्रदेश ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूची प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनोटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ ।

परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
यसरी झपारे प्रधानमन्त्री ओलीले  मुख्यसचिव रेग्मीलाई
यसरी झपारे प्रधानमन्त्री ओलीले मुख्यसचिव रेग्मीलाई
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !
मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !
छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
Revealed: why Deepika Padukone is not shooting for any movie at present
Revealed: why Deepika Padukone is not shooting for any movie at present

तपाईंले छुटाउनुभयो कि?