७ विश्वविद्यालय अस्तव्यस्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
७ विश्वविद्यालय अस्तव्यस्त

सारांश

काठमाडौँ, २० पुस । पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ ।

तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो । त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए । ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए । ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो । त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो । उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन् । रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन् ।

विश्वविद्यालयका प्रमुख दुई पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खुलाउन कसैले पहल गरेको छैन । कामु उपकुलपति थपलियालाई तालाबन्दी गर्ने पक्षले टेर्दै टेरेनन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूलाई पटक–पटक सम्झाउँदा पनि पार नलागेको उनले बताए । तालाबन्दीकै कारण विश्वविद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या भएको उनको गुनासो छ ।

विश्वविद्यालय प्रशासनले असोज १० मा काठमाडौंमा विश्वविद्यालयको ३० औं सभा गरेर बजेट कार्यक्रम पारित गरेको थियो । तर सभाले कार्यकारी परिषद्लाई पूर्णता दिन सकेन । पाँच सदस्यीय परिषद्मा दुई वर्षदेखि दुई सदस्य मात्र छन् । परिषद्को सदस्यमा शिक्षकका तर्फबाट एक र डिनका तर्फबाट दुई सदस्य मनोनीत गरिनुपर्नेमा त्यसो हुन नसकेको स्रोतको भनाइ छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले पनि पूर्णता पाएको छैन । शिक्षा तथा कला संकायका डिन शम्भु कोइरालाले लगातारको तालाबन्दी र उपकुलपति नियुक्तिमा ढिलाइले विश्वविद्यालय धराशायी भएको बताए ।

काठमाडौं विश्वविद्यालय ९केयू० का प्राध्यापक र कर्मचारीले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि तीन दिनदेखि शैक्षिक र प्रशासनिक काम ठप्प भएका छन् । विश्वविद्यालयसँग गरिएको पूर्वसम्झौता कार्यान्वयनको माग अघि सारेर प्राध्यापक र कर्मचारी संघले डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा ताला लगाएका हुन् । तालाबन्दीका कारण परीक्षासमेत रोकिएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
धितोपत्र बजार : एक अर्ब ७३ करोड कारोबार
धितोपत्र बजार : एक अर्ब ७३ करोड कारोबार
छलफल समाप्त
छलफल समाप्त
आजकाे राशीफल
आजकाे राशीफल
तीन वर्षीया छोरीसहित बाबु मृत फेला
तीन वर्षीया छोरीसहित बाबु मृत फेला
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
गृहको निर्णयले वंशजको नागरिकता पाइने
गृहको निर्णयले वंशजको नागरिकता पाइने
भिरबाट लडेर मृत्यु
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

तपाईंले छुटाउनुभयो कि?