Monday, February 26
Shadow

मोइन अलीलाई उपकप्तानको जिम्मेवारी


  • -इ
  • इ+

आयरल्याण्डविरुद्ध हुने ओडिआई क्रिकेट सिरिजमा लागि मोइन अली इंग्ल्याण्डको उपकप्तान चयन भएका छन् ।
अहिले भइरहेको वेष्ट इन्डिजविरुद्धको टेष्ट टोलीमा पर्न असफल रहेका अलराउण्डर अलीलाई इसीबीले आयरल्याण्डविरुद्धको तीन खेलको सिरिजका लागि उपकप्तान चयन गरेको हो ।

घरेलु भूमिमा हुने सिरिजको इंग्लिस टोलीको कप्तानी आयन मोर्गनले गर्नेछन् । सिरिज साउथह्याम्पटनको एजेस बाउलमा जुलाई ३० बाट सिरिज सुरु हुनेछ ।

कोरोनाभाइरस महामारीको असरलाई मध्यनजर गर्दै सिरिज बन्द रंगशालामा हुनेछ ।इंग्लिस टोलीको अन्तिम टोली घोषणा भने अर्को साता हुने इसीबीले जनाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्