Sunday, May 19
Shadow

ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको तयारी, हाइअलर्टमा सुरक्षा निकाय


  • -इ
  • इ+

काठमाडौं: पौष ६, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीतिमा फेरि अस्थिरता पैदा भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेपछी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका विरुद्ध देशव्यापी प्रदर्शन हुने भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड र नेपाल समूह, प्रतिपक्षी नेपाली काङ्ग्रेस , जनता समाजवादी पार्टीले संसद् विघटनको विरुद्ध संयुक्त प्रतिवाद गर्ने घोषणा गरेपछि नेपालको राजनीति पुनः द्वन्द्व तर्फ मोडिएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक पार्टीहरुले आफ्नो सपेक्षतामा आज सडक आन्दोलनको तयारी गरेका छन् ।                                                                                                            पार्टीमा अल्पमतमा परेका ओलीले संसद्को भङ्ग गरेपछि सडकमा प्रदर्शन हुन थालेछन । हिजो नै ओली कदमका विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । भने ओलीले सुरक्षा निकायहरूलाई हाइअलर्टमा रहन निर्देशन दिईसकेका छन् । आज ओलीको कदम विरुद्धमा देशव्यापी प्रदर्शनको तयारी भैरहेको छ । भने सुरक्षा निकायले पनि उपत्यकामा नेताहरूको निवासमा सुरक्षा सतर्कता अपनाएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि भन्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्