रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
रहेनन् अब यी ‘कांग्रेसका गढ’देउवा, लेखक र केसीकै ठाउँमा एमाले विजयी

सारांश

  • १८ असार ।
  • स्थानीय तहको दोस्रोे चरणको निर्वाचनमा कतिपय स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ ।
  • गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुङ्गा नगरपालिका कांग्रेसको गढका रुपमा चिनिन्थ्यो ।

१८ असार । स्थानीय तहको दोस्रोे चरणको निर्वाचनमा कतिपय स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुङ्गा नगरपालिका कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । ०४९ र ०५४ सालमा स्थानीय निर्वाचन जितेको मात्र होइन, अहिलेसम्म संसदीय निर्वाचनमा समेत रेसुंगा क्षेत्रबाट कांग्रेसले अत्यधिक मत पाउँदै आएको थियो । तर, यसपटक सो नगरपालिकामा कांग्रेसलाई पराजित गरी एमालेले सानदार रुपमा जित हासिल गरेको छ ।

एमालेका डिल्लीराम भुसालले कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई १ सय ४७ मतान्तरले पराजित गरेका छन् । भुसालले ६ हजार ३ सय ८८ मत ल्याएका थिए । उपप्रमुखमा पनि एमालेकै सीता भण्डारीले कांग्रेसकी अमृता कुँवरलाई ७ मतले पराजित गरेकी छन् ।

रमाइलो त के छ भने रेसुङ्गा नगरपालिकाको मेयर पदमा विजयी बनेका भुसाल र पराजित श्रेष्ठ २० वर्षअघि पनि प्रतिस्पर्धी थिए । तत्कालीन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागि ०५४ सालमा श्रेष्ठले भुसाललाई हराएका थिए । रेसुङ्गामा जितेपछि एमालेले शनिबार विशाल विजयसभा आयोजना गरेको छ । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ गएका थिए । एमालेका जिल्ला नेताहरुले समेत यो नगरपालिकालाई आफूहरुले जित्ने कोटामा राखेका थिएनन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठामाथि पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले धावा बोलेको छ । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको एउटा मात्र नगरपालिका अमरगढीमा एमालेले जित हासिल गरेपछि कांग्रेसभित्रै देउवाको व्यापक आलोचना भइरहेको छ ।

०४८ सालको आम निर्वाचनदेखि कांग्रेसको वर्चश्व रहेको जिल्लाको पकड भत्किन नदिन प्रधानमन्त्री देउवाले सक्दो प्रयत्न गरेका थिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेरै भए पनि उनी डडेलधुरामा पाँच दिन बसेका थिए । तर, देउवाको केही लागेन । यो नगरपालिकामा एमालेका विपिन ओझाले कांग्रेसका डिल्लीराज जोशीलाई १ सय २८ मतले पछि पार्दै जित हासिल गरे भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भए ।

कांग्रेस र कांग्रेसका नेताको प्रतिष्ठासँग जोडिएर पनि कांग्रेसले हार व्यहोर्नु परेको अर्को स्थानीय तह हो– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका । कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीको घर भएको यो गाउँपालिका पनि दशकौंदेखिको कांग्रेसको गढका रुपमा चिनिन्थ्यो ।

उक्त गाउँपालिका अध्यक्षमा एमालेका डुफकुमार बाँस्तोलाले कांग्रेसका उम्मेद्वारलाई ४२ मतले पराजित गरे । बाँस्तोलाले १ हजार ६ सय ९८ मत ल्याए भने कांग्रेसका उम्मेदवार धनराज राईले १ हजार ६ सय ५६ मत ल्याएका थिए ।

त्यसो त सोलुखुम्बु जिल्ला नै कांग्रेसको गढका रुपमा चिनिन्छ । ०६४ को संविधानसभा निर्वाचन बाहेक ०४८ पछिका सबै संसदीय निर्वाचनमा यहाँ कांग्रेसका नेता केसीले जित्दै आएको यो जिल्लामा यसपटक नौ स्थानीय तहमध्ये एमालेले चार वटा गाउँपालिकामा जित हासिल ग¥यो भने एउटा नगरपालिका दुधकुण्डमा उपप्रमुख जित्यो ।

००७ सालदेखिको कांग्रेसको गढका रुपमा चिनिएको ओखलढुंगाको एउटामात्र नगरपालिकामा पनि यसपटक एमालेले जित हासिल गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमालेका मोहनकुमार श्रेष्ठले कांग्रेस उम्मेदवार डिल्लीराज खनाललाई १ सय २६ मत अन्तरले पराजित गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री रमेश लेखकको वडामा एमाले उम्मेदवार विजयी भएका छन् । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नं. ८ मा एमाले उम्मेदवार दुर्गासिंह भण्डारीले विजयी हासिल गरेका छन् । उनले काँग्रेसका प्रत्यासीभन्दा ८८ बढी मत ल्याएर चुनाव जितेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
बेंगलोरको दोस्रो जित
बेंगलोरको दोस्रो जित
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
कोरोना कोषमा एनसेलको १० करोड सहयोग

तपाईंले छुटाउनुभयो कि?