के नेपालले आज कुवेतलाई हराउन सक्ला? विश्वकप छनोट !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १९, २०७६
|
|
६४ पटक हेरिएको
Shares
के नेपालले आज कुवेतलाई हराउन सक्ला? विश्वकप छनोट !

सारांश

  • फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
  • सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ ।
  • उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ ।

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ ।विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । नेपालले होम एण्ड अवेका आधारमा आफना समूहका चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो ।
हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो ।नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो ।

त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
सुपथ मुल्यमा खसी–बोका बिक्री वितरण हुने !
सुपथ मुल्यमा खसी–बोका बिक्री वितरण हुने !
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
गठबन्धन सरकार बन्नेमा जर्मन चान्सलस आशावादी
गठबन्धन सरकार बन्नेमा जर्मन चान्सलस आशावादी
५ हजार कखुराका चल्ला नष्ट गरियो
५ हजार कखुराका चल्ला नष्ट गरियो

तपाईंले छुटाउनुभयो कि?