थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २२, २०७६
|
|
६६ पटक हेरिएको
Shares
थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग

सारांश

  • काठमाडौं।
  • ।
  • थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन्।

काठमाडौं।। थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन्। सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ। 

आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरी सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग गरिएको छ।

अध्यक्षले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताए। उनले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धि संस्थागत नहुने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या…
बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या…
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा
नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा
८० प्रतिशत भत्ता माग्दै
८० प्रतिशत भत्ता माग्दै
माओवादीबाट मुख्यमन्त्रीको दाबेदारमा चार जना, को-को ?
माओवादीबाट मुख्यमन्त्रीको दाबेदारमा चार जना, को-को ?
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप

तपाईंले छुटाउनुभयो कि?