युरोकप छनोटमा स्पेनको फराकिलो जित

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २३, २०७६
|
|
५८ पटक हेरिएको
Shares
युरोकप छनोटमा स्पेनको फराकिलो जित

सारांश

  • एजेन्सी ।
  • युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।
  • स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे ।

एजेन्सी । युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे । खेलको १३ औं मिनेटमा नै मिकेल ओराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।

दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४-० को जित सुनिश्चित गरे ।

आइतबारै भएको स्वीडेन र नर्वेको खेल १-१ को बराबरीमा सकियो । नर्वेले स्टेफन जोहान्सनको ४५ औं मिनेटको गोलमा अग्रता लिएको थियो ‌। उनलाई मार्टिन ओडेगार्डले पास उपलब्ध गराएका थिए । स्वीडेनका लागि एमिल फोर्सबर्गले ६० औं मिनेटमा बराबरी गोल फर्काए ।

यस जितसँगै स्पेनले युरो छनोटको समूह एफमा शत प्रतिशत जित यात्रा कायम राखेको छ । स्पेनले खेलेका ६ खेलबाट १८ अंक जोडेको छ ‌। स्वीडेनको ६ खेलमा ११ अंक तथा रोमानियाले ६ खेलमा १० अंक जोडेको छ । नर्वे ९ अंक माल्टा ३ अंक र अंकविहिन फरो आइल्यान्ड पुछारमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री थापाले प्रत्येक महिना कम्तिमा १ दिन किसानसँगै काम गर्ने
मन्त्री थापाले प्रत्येक महिना कम्तिमा १ दिन किसानसँगै काम गर्ने
एमाले मेयरको घोषणाः अब इटहरी नै प्रदेशको राजधानी !
एमाले मेयरको घोषणाः अब इटहरी नै प्रदेशको राजधानी !
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
धितोपत्र बजार : एक अर्ब ७३ करोड कारोबार
धितोपत्र बजार : एक अर्ब ७३ करोड कारोबार
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै  समाप्त
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै समाप्त
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”

तपाईंले छुटाउनुभयो कि?