उसुमा नेपाललाई दुई स्वर्ण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
उसुमा नेपाललाई दुई स्वर्ण

सारांश

  • तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।
  • लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो ।
  • पुरुषमा विजयले ९.

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषमा विजयले ९.४८ अङ्क जोड्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई पछि पार्नुभएको थियो ।

रजत पदक जितेको बङ्गलादेशले ९.३४अङ्क ल्याएको थियो भने कास्य पदक जितेको श्रीलङ्काले ९.१३ अङ्क जोडेको थियो ।
त्यस्तै महिलामा सुस्मिताले ९.४४ अङ्क जोड्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पार्नुभएको थियो । सोही स्पर्धामा श्रीलङ्काले ८.५५ अङ्क बटुल्दै दोस्रो भयो भने ७.५३ अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थानमा रह्यो ।

(https://prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?