सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २५, २०७६
|
|
५९ पटक हेरिएको
Shares
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले खुशी भएका छन् ।
  • उनले नेपालले हाँसिल गरेको परीणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् ।
  • सागको समापन समारोह चलिरहँदा उनले मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले खुशी भएका छन् । उनले नेपालले हाँसिल गरेको परीणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् ।

सागको समापन समारोह चलिरहँदा उनले मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् । पूर्वराजा शाहले आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गरेका छन् ।

‘यसपालिको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’ साथै, १३औं साग सफलतापूर्वक सम्पन्न गरेकामा उनले आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
खाडीमा १० लाख नेपाली प्रभावित
खाडीमा १० लाख नेपाली प्रभावित
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
अब दुई घण्टामा पिसिआरको नतिजा
अब दुई घण्टामा पिसिआरको नतिजा
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…
कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने
कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने

तपाईंले छुटाउनुभयो कि?