जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २६, २०७६
|
|
६० पटक हेरिएको
Shares
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त

सारांश

  • अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् ।
  • जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् ।
  • सर्वाेदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका सङ्घ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् ।

अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् ।

सर्वाेदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका सङ्घ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् ।

गैरसरकारी संस्था सर्वाेदय नेपाल जुम्लाका अनुसार २१ गाउँबस्तीका एक हजार ७४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लाका आठ हजार ७८९ ले छुइ नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताउनुभयो ।

छुइगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उहाँले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले विस्तारै जुम्लामा छुइप्रथा न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

लैङ्गिक समानता, महिलाको कार्यबोझ न्यूनीकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनीकरण विषयमा सर्वाेदय नेपाल जुम्लाले काम गर्दे आएको छ । घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुइगोठ घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो ।

पाँच वर्षदेखि इटालियन फाउन्डेशन र सर्वाेदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
बन्द गर्ने यातायातकाे रुट परमिट खारेज ,समितिको सिन्डिकेटविरुद्ध १२१ यातायात प्रालि सडकमा !
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
सांसद शर्माद्वारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण
सांसद शर्माद्वारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण
१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?
१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?
जुम्लामा ६ सय ६७ जना म्यादी प्रहरी छनोट
जुम्लामा ६ सय ६७ जना म्यादी प्रहरी छनोट
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्
सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्

तपाईंले छुटाउनुभयो कि?